मधेशमा जनमत सरकार अनुमोदित, सतिशकुमारलाई ६७ सांसदले दिए विश्वासको मत


जनकपुरधाम – केन्द्रमा सत्ता समिकरण उलटफेर भएपनि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार अनुमोदित भएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका हुन् । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे ।

आजको प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेको सभामुख मण्डलले बताए । विपक्षमा ३४ मत परेको हो ।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।

विश्वासको मत पाएका मुख्यमन्त्री सिंहले सम्भवतः आजै नेपाली कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ ।

 

प्रतिक्रिया