सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु


काठमाडौं — सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्नका लागि अहिले बिहान १० बजेदेखि बैठक सुरु भएको जनाइएको छ ।

सरकारले आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरिरहेकै बेला सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए ।

यसअघि बिहीबार बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

सत्तारुढ गठबन्धनमा एमसीसी संसदमा टेबल गर्ने सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राति प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ओली निवास बालकोटमै पुगेर भेट गरेका थिए ।

प्रतिक्रिया