आफ्नै बुवाको हत्या आरोपमा दुई छोराहरु पक्राउ


काठमाडौं – आफ्नै बुवाको हत्या गरेको आरोपमा दुइभाई छोरा पक्राउ परेका छन् । बिहिबार साँझ कीर्तिपुर पाण्डेछाप निवासी ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरुले प्रेशर कुकर र लोहोरोले हिर्काएर हत्या गरेका थिए ।

पक्राउ पर्नेमा मृतकका छोराहरु ४५ वर्षका शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन छन् । कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराती वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे महानगरीय प्रहरी वृत कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया