मधेश मुख्यमन्त्री जनमतका सतिश कुमार !


जनकपुरधाम – मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो ।

जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए ।

ती सांसदले भने, ‘मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्ने जिम्मा हामीले पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएका थियौं । अध्यक्षजीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गर्नुभएको छ ।’

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले आज सरकारको दावी गर्ने बुझिएको छ ।

नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । जनमतले मुख्यमन्त्रीका लागि सारेका सिंह सप्तरी २‘क’ बाट निर्वाचित सांसद हुन् ।

 

प्रतिक्रिया