ट्रम्पका कारण कमजोर बन्दै अमेरिकी लोकतन्त्र


न्यूयोर्क(एजेन्सी)– डेमोक्रेटिक पार्टीका सांसद बर्नी सेन्डर्सले गत अगष्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा रिपब्लिकन नेता अमेरिकी लोकतन्त्रको लागि खतरा रहेको र विज्ञानप्रति उनको उपेक्षाले अर्थव्यवस्था र अमेरिकीको जीवनलाई खतरामा पारेको बताएकी थिइन् । डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन(डीएनसी)को शुरुवाती सत्रलाई सम्बोधन गर्दै उनले यो कुरा बताइरहँदा के साँच्चै बर्नीले भनेजस्तै होला त भनेर अनेक चर्चा परिचर्चा भएका थिए । तर केही महिनापछि हुन लागेको अमेरिकी राष्ट्रपतिय निर्वाचनको माहोलले त्यसो नहोला भन्न सक्ने अवस्था नरहेको विज्ञहरुको बुझाई छ ।

सेन्डर्स सन् २०१६ मा राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको मनोनयनमा मुख्य प्रतिष्पर्धीमध्ये एक थिइन् । तर उनी हिलारी क्लिनसँग मनोनयनको चुनावमा पराजित भइन् । त्यसपछि मात्र क्लिन्टले ट्रम्पको प्रतिष्पर्धीका रुपमा चुनाव लड्न पाइन् ।  अमेरिकामा राष्ट्रपतिको चुनाव धेरै टाढा छैन । यही परिप्रेक्ष्यमा अमेरिकामा पहिलो पटक कमजोर लोकतन्त्र मुद्दाको विषय बनेको छ । राष्ट्रपति ट्रम्पले चुनावी मतदानमा धाधली हुने बताउदा धेरै अमेरिकी नागरिकले ट्रम्पको यो भनाईलाई लोकतान्त्रिक मूल्यलाई कमजोर बनाउदै गरेको अनुमान गरेका छन् ।

ट्रम्पलाई मतगणनाको प्रतिक्षा छैन
कोरोना महामारीका कारण धेरै संख्यामा मतदाता यसपटक फरक किसिमले मतदान गर्दैछन् । ट्रम्पले टाउन हल कार्यक्रममा एकपटक पुनः सम्भावित चुनावी धाधलीको मुद्दा उठाएका छन् । त्यही बेला उनको ध्यान एफबीआईका निर्देशक क्रिस्फोटर ए.व्रे केको भनाई तिर गएको थियो । किनकी ए.व्रेले व्यापक चुनावी धाधली हुने कुनै संकेत नदेखिएको बताएका थिए । ‘यसको मतलब यो हो कि उनी(एफबीआई निर्देशक) आफ्नो काम ठिकसँग गरिरहेका छैनन’, ट्रम्प भन्छन् । ट्रम्पको यस्तै रुखो व्यवहारका कारण यसपटक राष्ट्रपतिको चुनाव शंकाको घेरा परेको छ । एउटा शंका यो हो कि उनी पूरा मतगणनालाई नपर्खी आफैंलाई विजेता घोषणा गर्नसक्छन ।

ओबामाकेयरमाथि रिस
ट्रम्पले आफ्नो सन् २०१६ को चुनाव अभियानका दौरान स्वास्थ्य क्षेत्रमा सन् २०१० मा स्थापित ओबामाकेयरलाई पूर्ण रुपले रद्द गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नो चुनावी प्रतिबद्धता पुरा गर्नका लागि उनले एउटा ठूलो कदम उठाए । उनले सत्ता सम्हाल्नासाथ एक प्रशासनिक आदेशमा हस्ताक्षर गर्दै ओबामाकेयरलाई कमजोर बनाउने बाटोलाई सजिलो बनाइदिए । अब कोभिड १९ महामारी जस्तो कठिन अवस्थामा उनी संसदबाट पारित ओबामा केयरको कार्यकारी आदेशलाई बदल्न चाहन्छन् ।

कोरोना रिपोटमाथि प्रश्न
यतिमात्र होइन, ट्रम्पमाथि कोरोना भाइरसको नेगेटिभ रिपोर्ट नआउदै बैठक र र्याली गरेको आरोप पनि लागेको छ । यसबाहेक उनीमाथि १ सय ५० करोड रुपैंयाँको कर चोरीको आरोप पनि लागेको छ र उनका विरुद्ध यो विषयमा अनुसन्धान जारी छ । ट्रम्पको गैर जिम्मेवारी रवैयाका कारण उनले आफ्नै रिपब्लिकन पार्टीमा विरोधको सामना गरिरहनु परेको छ । पार्टीमा ट्रम्पका विरोधीले अमेरिकी संविधान निर्माताहरुले यस्तो कमजोर लोकतन्त्रको कल्पना पनि गर्न नसकेको टिप्पणी गरिरहेका छन् ।

अमेरिकी संविधानको आधार
अमेरिकी संविधान मुख्यतया दुई लक्ष्य प्राप्ति गर्नका लागि बनाइएको थियो । यद्यपि यी लक्ष्यको प्राप्ति सुनिश्चित गर्ने दिशामा ट्रम्पलाई दुई बाधा आइपरेका छन् ।

शक्ति सन्तुलनका लागि गरिएका यी उपाय
सन् १७८७ मा अमेरिकी संविधान निर्माताहरुले भीडतन्त्र र तानाशाही जस्ता अवस्थाबाट बच्नका लागि संविधानमा सेपरेशन अफ पावर अर्थात शक्ति विकेन्द्रीकरण र नियन्त्रण तथा सन्तुलनलाई स्थान दिएको थियो । सरकारी शक्ति जनताबाट चुन्ने प्रणालीको सट्टा त्यसलाई वितरण गरिएको छ । यहीकारण राष्ट्रपति सिधै जनताबाट चुनिनुको सट्टा जनताले चुनेका इलेक्टोरेट कलेजबाट छनोंट गरिन्छ ।

राष्ट्रपति सर्वशक्तिमान होइनन्
राष्ट्रपति अमेरिकाको सैन्य शक्तिको कमाण्डर इन चीफ हुन्छन् । तर यसले उनी सर्वशक्तिमान बन्दैनन् । कुनै पनि देशमा आक्रमण गर्नु र सन्धी सम्झौता गर्नका लागि उनले अमेरिकी सिनेटको मन्जुरी लिनुपर्छ । यदी सुप्रिम कोर्टलाई अमेरिकी संसदले बनाएको कानून न्यायसंगत लाग्दैन भने उसले त्यसलाई खारेज गर्न सक्छ । यो विधायिका र न्यायपालिकाको बीच नियन्त्रण र शक्ति सन्तुलनको व्यवस्था हो । सन् १७९१ मा बिल अफ राइट्सका माध्यमबाट नागरिकको अधिकार सुरक्षित गरिएको थियो । संविधानमा जुन शक्तिहरुको दाबी गरिएको छैन, त्यसको जिम्मेवारी राज्य सरकार र नागरिकलाई दिइएको छ ।

प्रतिक्रिया