विदेशबाट थप उद्धार उडान नगर्ने निर्णय


काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकले अबदेखि उद्धारको उडान नगर्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकले अबदेखि नियमित मति उडान सञ्चालन भएको र कुटनीतिक नियोगका अनुसार उद्धार गर्नुपर्ने नेपाली नागरिकहरुको संख्या सकिएकाले उद्धार उडान गर्नु नपर्ने निर्णय गरेको हो।

कोरोना महामारीको अवधिमा अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरिएको जनाइएको छ । अब उद्धार गर्नुपर्नेहरुलाई नियमित उडानबाट व्यवस्थापन गर्न सक्ने अवस्था रहेकोले उद्धारका लागि छुट्टै उडान गर्नु पर्ने जनाइएको छ ।

प्रतिक्रिया