बंगलादेशकी अपदस्थ प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौं- बंगलादेशी अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले हसिनाविरुद्धको मुद्दामा सुनुवाइ सुरु गर्दै  पक्राउ पूर्जी जारी गरेको हो।

गत वर्षको १५ जुलाईमा भएको एक महिना लामो विद्यार्थी आन्दोलनमा प्रदर्शनकारी माथि गोली हान्न आदेश दिएको आरोप उनीमा छ ।

आन्दोलन उत्कर्षमा पुगेपछि उनी हेलिकप्टर चढेर भारत भागेकी थिइन् भने अन्तरिम सरकारले उनलाई अपदस्थ गरेको थियो । भारतमा निर्वासित जीवन बिताइरहेकी उनीमाथि मानव अधिकार उलंघनका दर्जन बढी मुद्दा छन् ।

प्रतिक्रिया