अलग्गिदै कान्ये र किम


लसएन्जल्स(एजेन्सी)– प्रख्यात अमेरिकी सेलिब्रेटी किम कार्दशियनको फ्यान विश्वभरी छन् । सामाजिक सन्जालमा किमको तस्बिर र भिडियो निकै मनपराइन्छ । सधैं चर्चामा आइरहने किम यसपटक घरायसी कारण चर्चामा छिन् । समाचार अनुसार किमले आफ्नो पति कान्ये वेस्टसँग अलग्गिने निर्णय लिएकी छन् । केही समयदेखि खटपट बढेपछि यो जोडी अलग अलग बस्दै आएका छन् ।

रियालिटी टेलिभिजन स्टार किम यो समय आफ्नो चार सन्तानका साथ लसएन्जल्समा बसिरहेकी छन् । जबकी उनका र्यापर पति कान्ये वियोमिङमा रहेको आफ्नो फार्म हाउसमा छन् । उनीहरु सात वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णयमा पुगिसकेका छन् । दुवैले सन् २०१४ मा विवाह गरेका थिए । कान्ये सम्बन्धविच्छेदको लागि कागजी प्रक्रिया मिलाउन व्यस्त छन् ।

किम आफैंले कान्येबाट अलग्गिने निर्णय लिएकी छन् । तर कान्येले कहिलेसम्म डिभोर्स फाइल गर्छन् भन्ने कुरा केही बताएका छैनन् । सामाजिक सन्जालमा पनि लामो समयदेखि यो जोडीको सँगैको तस्बिर आएको छैन ।

प्रतिक्रिया