तिब्बतमा यसरी हुन्छ संसदीय चुनाव


तिब्बत(बीबीसी)– तिब्बतको संसदीय चुनावमा सिकयोङ वा राष्ट्रपति पदका लागि हालसम्म सबैभन्दा धेरै ७ उम्मेद्वार चुनावी मैदानमा छन् । जबकी ४५ चीथयुज अर्थात संसदको सिटको लागि कैयौं उम्मेद्वार पनि छन् । जो संसदको सदस्य बन्नका लागि चुनाव लडिरहेका छन् ।

यसअघि अघि कुल आठ व्यक्तिले सिकयोङको पदका लागि चुनाव लडेका थिए । तर सेन्ट्रल टिब्बेटियन एडमिनिस्ट्रेशनको मिडिया संयोजक ल्हाक्पा डोल्माका अनुसार एक उम्मेद्वारले आफ्नो नाम फिर्ता लिएपछि सिकयोङ पदका लागि अब कुल सात उम्मेद्वार मैदानमा छन् ।

जो व्यक्ति मैदानमा छन्, उनीहरुमा बौद्ध धर्मगुरु दलाई लामाको नयाँदिल्ली प्रतिनिधि डोंगचुंग नगोडुप, संसदका पूर्व अध्यक्ष पेन्पा सेरिङ, पूर्व उपाध्यक्ष डोल्मा गायरी, उत्तरी अमेरिकाका दलाई लामा प्रतिनिधि केलसंग दोरजी, आचार्य येशी, लोबसङ न्यन्डक र ताशी तोप्ग्याल हुन् ।

निर्वासनमा तिब्बतको संसदलाई भारतसहित कुनै पनि देशले मान्यता दिएको छैन । तर यसको चुनावको प्रक्रिया रोचक छ । जानकारहरुका अनुसार चुनाव एक मजबुत लोकतान्त्रिक प्रक्रियाको हिस्सा जस्तै छ । तिब्बतको यो संसदको चुनावी प्रक्रियापछि भारत र चीनबीचको सम्बन्ध अझ खराब हुनसक्ने मानिएको छ ।

पाँचजना चुनिने सिकयोङ र निर्वासनमा तिब्बतको १७ औं संसदको चुनावको प्रक्रिया शुरु भइसकेको छ र यसको पहिलो चरणको मतदान जनवरी ३ मा भइसकेको छ । अर्को चरणको मतदान अप्रिल ११ मा हुनेछ ।

डोल्मा सेन्ट्रल टिब्बेटन एडमिनिस्ट्रेशनको चुनावको आयोग अनुसार यसपटक चुनावी प्रक्रिया पुरा गर्नका लागि विश्वभरका करिब ८० हजार बढी तिब्बती शरणार्थीहरुले आफूलाई सूचीकृत गराएको बताउछिन् । निर्वासनको यो तिब्बती संसदमा दुई चरणको चुनाव हुन्छ, पहिलो प्रारम्भिक र दोस्रो मुख्य । प्रारम्भिक चरणको मतदानमा सिकयोङ पदको कुनै पनि उम्मेद्वारले यदी ६० प्रतिशत मत या त्यसभन्दा बढी मत पायो भने दोस्रो चरणको मतदान हुँदैन । शुरुवाती चरणको मतदानको नतीजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ । जबकी अप्रिल ११ को हुने मतदानको परिणाम मे १४ मा घोषणा हुनेछ । संसदको कार्यकाल पाँच वर्षको हुन्छ र हाल यसको मुख्यालय हिमाञ्चल प्रदेशको धर्मशालामा छ ।

तिब्बत पोलिसी इन्स्टिच्यूटका निर्देशक तेन्जिङ लेक्शयका अनुसार यो संसदको हरेक पटकको चुनाव भन्दा अगाडि मतदाताहरुले आफ्नो सूचीकृत गर्नुपर्छ । जो सूचीकृत मतदाता छन्, उसले मात्र भोट हाल्न पाउछ । उनी सारा विश्वमा तिब्बती शरणार्थी भए पनि उनीहरुले आफ्नो क्षेत्रको मात्र उम्मेद्वारलाई भोट हाल्न सक्ने बताउछन् । उनका अनुसार हरेक मतदाताले १० भोट लगाउन पाउछन्, जसमा दुई भोट अनिवार्य रुपमा महिला उम्मेद्वारलाई दिनुपर्छ । यदि १० भोटभन्दा कम भोट कोही मतदाताले लगाउछन् भने उनलाई महिलालाई भोट दिन अनिवार्य छैन । यो चुनावी प्रक्रियामा मतदान गर्ने र चुनाव लड्ने अधिकार ती तिब्बती शरणार्थीलाई मात्रहुन्छ, जोसँग सेन्ट्रल टिब्बेटन एडमिनिस्ट्रेशनद्वारा जारी गरिएको ग्रीन बुक हुन्छ ।

यो बुक या पुस्तिक एक पहिचानपत्र जस्तै हुन्छ र यो ती व्यक्तिलाई मात्र मिल्छ, जो सेन्ट्रल टिब्बेटन एडमिनिस्ट्रेशनलाई नियमित रुपले कर तिर्छन् । यो ग्रे बुक हुनुको अर्थ स्वतन्त्र तिब्बतको नागरिकता हुनुजस्तै हो । निर्वासचनमा तिब्बतको संसदको वर्तमान सिकयोङ अर्थात राष्ट्रपति लोबसङ सांग्ये आफ्नो पदमा पछिल्लो १० वर्षदेखि छन् । त्यहीकारण उनी यसपटक चुनाव लडेका छैनन् । तेन्जिङका अनुसार सन् १९६० देखि दलाई लामा आफ्नो प्रतिनिधि चुन्दथे । तर सन् २०११ देखि दलाई लामाले यो काम गर्न बन्द गर्ने घोषणा गर्दै चुनिएका नेतालाई यो अधिकार दिएका छन् । यो चुनाव तिब्बतको निर्वासनवाला सरकारद्वारा जारी गरिएको चार्टर या संविधानको हिसाब अनुसार नै हुन्छ । जसको संशोधन गत वर्ष भएको थियो । यो संविधान सन् १९९० मा बनेको र सन् १९९१ मा यसलाई तिब्बतको निर्वासित संसदले अनुमोदन गरेको थियो । संविधानमा तीन अंग अर्थात विधायिका, कार्यपालिका र न्यायपालिकाको अधिकार अलग अलग राखिएको छ । संशोधन अनुसार कुनै पनि गैर सरकारी संस्था अर्थात् एनजीओ चुनावी प्रक्रियामा भाग लिन पाउने छैन । यसअघि यो व्यवस्था थिएन ।

‘लोकतन्त्रका लागि यो महत्वपूर्ण मिसाल के नै हुनसक्छ र कि यो चुनावमा कुनै राजनीतिक दलको लेनादेना छैन । यहाँ व्यक्तिमात्र चुनाव लड्छन् । जो योग्य उम्मेद्वार हुन्छ, उनीमात्र चुनाव लड्छ र जित्न सक्छ’, तेन्जिङ भन्छन् । तिब्बतको संसदको चुनावी प्रक्रियामा सबैभन्दा महत्वपूर्ण पक्ष यो पनि हो कि बौद्ध भिक्षुहरुलाई दुई भोटको अधिकार दिइएको हुन्छ । एक आफ्नो प्रान्तका लागि र अर्को आफ्नो धार्मिक पन्थको लागि ।

डोल्माका अनुसार मुख्यतया तीन प्रान्त(दोहोते, धूमे र युसाङ)को प्रतिनिधित्व यो संसदमा छ । यी प्रान्तका लागि १०–१० सीट आरक्षित गरिएको छ । यस्तै शैलीमा तिब्बती बौद्ध धर्मको चारैवटा केन्द्रलाई पनि दुई दुई सीटको आरक्षण दिने व्यवस्था गरिएको छ । यसमा बौद्ध धर्मको पूर्व कारको व्यवस्था अर्थात् बोन अविलाम्बी पनि सामेल छ । यसबाहेक उत्तर र दक्षिण अमेरिकाबाट एक एक प्रतिनिधि, यूरोपबाट दुई र अष्ट्रेलिया र एशियाबाट एक–एक प्रतिनिधिका लागि आरक्षणको व्यवस्था छ ।

यो संसदमा चुनिएका मन्त्रीमण्डललाई कसाग भनिन्छ । जसमा सात सदस्य रहन्छन् र यसको मुखिया सिकयोङ शरणार्थीद्वारा प्रत्यक्ष चुनिएका राष्ट्रपति हुन्छन् । सिकयोङले नै सात कालोन अर्थात मन्त्रीहरु नियुक्त गर्छन् ।

प्रतिक्रिया