वैशाख १५ भित्र बागी उम्मेदवारी फिर्ता लिन माओवादीकाे निर्देशन


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेश समितिले बागी उम्मेदवार सबैलाई अनिवार्य उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।

अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिन्ह लिँदै बागी उम्मेदवार दिने सबैलाई वैशाख १५ भित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णय विपरीत कदम नचाल्नका लागि निर्देशन दिएका हुन् ।

बागी उम्मेदवार मनोनयन फिर्ता नलिए प्रदेश समितिले जारी गरेको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडी बढाइने चेतावनी विज्ञप्तिमा दिइएको छ । 

प्रतिक्रिया