रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो, आफैं उपस्थित नभए पक्राउ गरिने


काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले छलफलको लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ । प्रहरीले झाँक्रीलाई आजै उपस्थित हुन भनेको र प्रहरीमा स्वयं उपस्थित नभए उनलाई पक्राउ गरिने समेत जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बोलाएको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आक्रामक विरोध गर्दै आएकी थिइन् ।

विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा छलफलका लागि बोलाएको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए । ‘गोरखामा बोलेको विषयलाई लिएर हामीले फोन गरेर बोलाएका छौं,’ एसएसपी थापाले भने ।

प्रतिक्रिया