बलात्कार र हत्याको संरक्षकलाई प्रधानमन्त्री ओलीले बचाए : अञ्जना बिसंखे


काठमाडौं – प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतृ अञ्जना बिसंखेले बालिका बलात्कार र महिला हत्याको संरक्षकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बचाएको आरोप लगाएकी छन्।

प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ बिसंखेले दलित हत्या, बालिका बलात्कार र महिला हत्यामा गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रशासनलाई मुकदर्शक बनाएको आरोप लगाएकी हुन् ।

‘‘निर्मला पन्त, सम्झना विक, भागरथीको हत्या र बलात्कार, ३ हजार ३४७ महिलाको हत्या र १७ जनाको बलात्कारको जिम्मेवारी बोकेका, बलात्कारमा ताबेदारी गर्ने गृहमन्त्रीलाई केपी ओलीले कान्छो छोरो बनाएर राख्नु भएको छ’, उनले भनिन्, ‘बा बन्नु भएको छ, के त्यो गृहमन्त्रीलाई संरक्षण गर्ने प्रचण्ड हो ?’

उनले रुकुममा ६ जना दलित युवाको सामूहिक नरसंहार हुँदा पनि गृहमन्त्रीले प्रहरी प्रशासनलाई मुकदर्शक बनाएको आरोप लगाइन्।

प्रतिक्रिया