ओलीलाई आत्मसमर्पण गर्न बाध्य पार्छौं : लीलामणि पोखरेल


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लीलामणि पोखरेलले प्रधानमन्त्री ओलीले जनादेशको अपमान गरेको बताएका छन् । नेकपाले गरेको विरोध प्रदर्शनमा पोखरेलले ओलीलाई आत्मसमर्पण गर्न बाध्य पार्ने बताएका हुन् ।

पोखरेलले भने, ‘देशघाती, जनघाती, पार्टीघाती र संविधानघातीहरुलाई आत्मसमर्पण गर्न बाध्य पार्नेछौं ।’ उनले प्रधानमन्त्री ओलीले जस्तो जनादेशको अपमान आफूहरुले नगर्ने र कुनै कमजोरी भएका भए त्यसका लागि पनि माफी माग्ने बताए ।

‘जनताका बीचमा हामी कबुल गर्छौं हामी गल्ती गर्ने छैनौं,’ पोखरेलले भने, ‘हामीले गल्ती गरेका छौं भने पनि जनतासँग माफी माग्न तयार छौं ।’ पोखरेलले प्रधानमन्त्री भएपछि ओलीले पार्टी र जनता सबैमाथि घात गरेको बताए ।

प्रतिक्रिया