पाप गर्नेलाई पशुपतिनाथले रक्षा गर्दैैनन् : माधव नेपाल


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफी नदिने बताएका छन् । पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने बताएका हुन् ।

शक्ती प्रदर्शन तथा बिरोध सभामा सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

‘केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ,’ नेपालले भने, ‘तपाईंलाई थाहा छ, पशुपतिनाथले कसलाई माया गर्नुहुन्छ ? पशुपतिनाथले त सत्य र न्यायका पक्षमा रहेकालाई माया गर्नुहुन्छ । पापीलाई, अधर्मीलाई पशुपतिनाथले माया गर्नु हुन्न ।’

उनले जनअधिकारसमेत खोसेर देशलाई संकटमा धकेलेको भन्दै त्यस्तालाई पशुपतिनाथले पनि माया नगर्ने बताए ।

प्रतिक्रिया