सिर्जनाको श्रेष्ठ तिमीमा प्रकाश र प्रमिला


काठमाडौं – गायक प्रताप दास र गायिका रजिना रिमालको स्वरमा रहेको ‘सिर्जनाकी श्रेष्ठ तिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको पाना क्याफेमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्र गीतमा रिमेश कुमारले संगीत भरेका छन् भने प्रदीप थुलुङको शब्द रहेको छ ।

भिडियोमा गायक तथा सर्जक प्रकाश सपुतसँगै प्रदीप अधिकारी र प्रमिला क्षेत्रीको अभिनय रहेको छ । भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।  भिडियोको निर्माता रमेश शाही छन् ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार प्रकाश सपुतले आफूले लोकशैलीको गीतमा अभिनय गरेको तर अहिले फरक गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए । उनले गीत मन परेरै भिडियोमा काम गर्न तयार भएको बताए । गीतका संगीतकार रिमेशले प्रकाशलाई अफर गरेका थिए ।

भिडियोका निर्माता रमेशले कतिपय कलाकारहरुले गीतमा काम गरिसकेपछि प्रमोशनमा साथ नदिएको भन्दै गुनासो पोखे । उनँले आगामी दिनमा पनि अन्य गीत बजारमा ल्याउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया