

त्यो मनको बह कसरी कह….

गुल्मी – भर्खर १६ बर्षको त्यो उमेर उनलाई पनि अरु दिदी बहिनीहरुलाई जस्तै हाँस्न–बोल्न र मनको वह पोख्न मन लाग्दो हो । मिठो खान, रहरको कुरा लगाउन मन लाग्नु त मानवीय स्वभाव नै भई हाल्यो । बाबु आमासहित घर परिवारको माया र नियास्राे कति लाग्दो हो । भेट हुुन नसके पनि फोनमा कुरा गरेर नियास्राे मेटौं हुँदो हो । तर दुर्भाग्य : आफ्नै शरिरको विमार डाक्टरलाई बताउन त उनी सक्दिँनन भने झन मनको भित्री पिडा–बेदना उनले कसरी व्यक्त गर्न सकुन र ?
भनिन्छ ईश्वरले मानिसलाई जन्म दिन्छन् । कतिपयको जन्म वरदानका रुपमा दिन्छन भने कतिपयका जन्म अभिषापका रुपमा दिन्छन् । तिनै अभिषाप रुपी जन्म लिएर आउने मध्येकी एक हुन गुल्मीको मुुसिकोट नगरपालिका–१ की १६ बर्षीया यमकुमारी घर्ती । उनी जन्मजात न कान सुन्छिन न त बोल्न नै सक्छिन् ।
जन्जात बौद्धिक अपङ्गता र फरक क्षमता भएका हजारौं मानिसहरुकी उनी एक प्रतिनिधी पात्र हुन । उनी र उनी जस्ता दर्जनौ पात्रलाई बुधबार नेपाल पत्रकार महासंघ गुल्मीले एकै थलोमा भेट्ने, उनीहरुको कुण्ठित मनहरुलाई सांकेतिक भाषाको माध्यमद्धारा बाहिर ल्याउने र थोरै भए पनि मलमपट्टी लगाउने जमर्को गर्यो । किनकी बुधवार नेपाल पत्रकार महासंघको २७ औं स्थापना दिवस हो ।
यस अवसरमा त्यस्ता असहाय पात्रहरु खोज्ने क्रममा पत्रकार महासघ गुल्मीको ध्यान सदरमुकाम तम्घासस्थित उपल्लो तम्घास माविमा पढ्ने फरक क्षमताका बालबालिकामा पुग्यो । फलस्वरुप पत्रकार महासंघको आयोजनामा ती बालबाालिकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण तथा आँखा उपचार शिविर सोही विद्यालयमा आयोजना गरि जिल्लाका दर्जनौ पत्रकारहरुले उनीहरुका समस्याबारे रिर्पोटिङ्ग गरे ।
शिविरमा १६ बर्षिया यमकुमारी घर्ती डाक्टर सामु स्वास्थ्य परिक्षण गराउदै थिइन । डाक्टरले सांकेतिक रुपले सोध्दा उनले बताउन सकिनन् । त्यसपछि डाक्टरले लेखेर देखाए । महिनावारी हुँदा के के समस्या छ ? भनेर डाक्टरले सोध्दै थिए । तर उनले बताउन सकिनन् र त्यस विद्यालयका सांकेतिक भाषा शिक्षक बोलाइयो । तब मात्र उनको समस्या डाक्टरले बुझेर औषधि लेखिदिए ।
कहिले देखि उनले त्यो रोग पालेर वा सहेर बसेकी थिईन होला ? भनेको पो थाह हुने वा विमारले थला परे पो थाह हुने । उनी थला नपरे पनि डाक्टरको परिक्षण पछि थाहा भयो महिनवारी हुँदा उच्च रक्त श्राप र टाउँको दुख्ने गरेको पीडा सहरे बसेकी रहिछन् । कक्षा ५ सम्म फरक क्षमता भएका बालबालिकालाई पढाइने त्यस विद्यालयमा अहिले २९ जना त्यस्ता बालालिका आवासको सुविधासहित पढ्दै आएका छन् ।
घरमा छँदा आफैले जन्माएकी आमाको समेत हेलत्व सहेका उनीहरुका लागि त्यस विद्यालय सच्चा बाबु आमा बनेको उनीहरुको सरसफाई तथा हंशमुखले देखाउँथ्यो । हामीले गाउँ घरमा देखेकै कुरा हो फरक क्षमता भएका कतिपय बालबालिकालाई डोकोमा थुुनेर राखेको र कतिपयलाई बर्षाैसम्म सांङ्गलोले बाँधेको र कतिपयलाई कोठामा थुन्ने गरेको, घर परिवारले स्याहार-सुसार नगरी दिएका कारण थातै दिशा पिसाव हुने गरेको, कलेटी परेको शरिर, दुर्घन्धित कपडा अनि कुुपोषणको शिकार भएर मानिसको आकृति मात्रैको शरीर, उनीहरु मध्ये धेरैलाई गाउँबाट त्यस्तै अवस्थामा ल्याईएको थियो । तर अहिले बदलिएको छ उनीहरुको जीवन ।
सांकेतिक भाषा अध्ययन र शिक्षक अनि धाईआमाहरुको स्याहार सुसारले त्यसरी बललिदो रहेछ उनीहरुको जीवन तर असेचत अभिभावहरुले अझै बुझ्न नसक्दा कैयौं त्यस्ता बालबालिकाहरुले गाउँ घरमा कष्टकर जीवन विताइ रहेको त्यस विद्यालयका सांकेतिक भाषा शिक्षक ज्ञानेन्द्र मरासीनी बताउँछन्।
फरक क्षमताका बालालिकाहरुले आफैँले जन्म दिएका बाबु आमाबाट समेत कति हेलत्व सहँदै आएका छन भन्ने कुरा ती बालबालिकाहरुले सांकेतिक भाषामा ब्यक्त गरेका कुराहरुबाट प्रष्ट हुन्छ । तिम्रा बाबुु आमाहरु भेटन आउनुहुन्छ ? भनेर सोध्दा धेरैले आउँदैनन भनेर मुन्टो हल्लाए , थोरैले मात्र आउँछन भनेर संकेत गरे ।
सांकेतिक भाषा शिक्षक मरासीनी भन्छन् – ‘यहाँ आएका बालबालिकाहरु मध्ये कसैका आमा छैनन , कसैका बाबु छैनन त कोही पुर्ण रुपमा बेसहारा छन् । कतिपयका बाबु आमा अघि पछि भेट्न आउनुको त कुरै छोड्नुस , दर्शैमा पटक पटक लिन आउनुस भनेर बोलाउँदा समेत कोही लिनै आउँदैनन र धाईहरुको घरमा गएर बस्छन् कोही लिन आई हाले भने पनि दशैं ढिप्काएर आउँछन् ।
मानौंकी त्यस्ता संरक्षण केन्द्रमा लगेर छाडे पछि उनीहरुका अभिभावकहरुका लागि टाउँको बोझ हल्का भयो । निशुल्क स्वास्थ्य परिक्षणका क्रममा कैयौंका दृष्टि कम भएर नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रका नेत्र अधिकृत सुर्य बस्नेत र अर्का अधिकारी बिरबहादुर कार्कीले चस्मा सिफारिस गरेका छन् भने कसैलाई औषधी ।
निशुल्क स्वास्थ्य परिक्षणका लागि नेपाल पत्रकार महासंघको आग्रहमा पुुगेका डाक्टर कुशल पौड्यालले विभिन्न रोग पत्ता लगाएर औषधी तथा अन्य परिक्षणका लागि अस्पताल पठाउन सिफारिस गरेका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले यस अघिको एउटा पिडा सुनाउँदै भने -‘केही बर्ष अघि म यस बिद्यालयमा अन्य कामले आएको थिएँ । त्यति बेला विद्यार्थीहरुको हुल छिचोल्दै एक जना भाई मेरो नजिक आएर एक्कासी खुट्टा ढोगे । हेर्छु त मेरै गाउँका भाई रहेछन् । उनले रुँदै भने-‘ मेरो बाबु आमालाई भेट्न पठाई दिनुस न जसरी पनि भनने संकेत गरे । त्यो देखेर मलाई निकै करुणा जाग्यो । गाउँमा गएर उनका बाबु आमालाई सुनाई दिएँ तर आएको पाईएन । बाबु आमाबाटै हेलत्व सहन बाध्य यस्ता बालबालिकाहरुको राज्य अभिभावक बन्न आवश्यक छ । केही मात्रामा यसरी सरकार अभिभावक बनेको छ । अझ खोजी खोजी बन्न जरुरी छ ।’
निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले यस्ता बालबालिकाहरुको निशुल्क स्वास्थ्य उपचार प्रति ध्यान दिएकोमा पत्रकार, पत्रकाहरु मात्रै नभएर राज्यको चौथो अंग पनि हुन भन्ने सामाजिक कार्यका थुप्रै उदाहरण मध्ये यो पनि एक हो भन्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघले आफ्नो विद्यालयका फरक क्षमता भएका बालबालिका प्रति सदासायता देखाएको भन्दै त्यस विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश श्रीपालीले धन्यवाद दिदै आगामी दिनमा पनि उनीहरुलाई सहयोग गर्न आग्रह गरेका थिए । अस्पतालमा औषधी र अन्य स्वास्थ्य परिक्षणका लागि सिफारिस गरिएका बालबालिकाहरुलाई नि:शुल्क व्यवस्था गरिने महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष रेशम कुँवरले पत्रकार महासंघको स्थापना दिवसको अवसरमा फरक क्षमता भएका बालबालिकाहरुलाई सम्झिएको बताए । कार्यक्रममा सह-सचिव तिलाचन पाण्डे लगायत कार्य समिति परिवारले बालालिकालाई पौष्टिक पेय पदार्थ लगायतको खाजा वितरण गरेका थिए ।
कार्यक्रममा त्यस विद्यालयका प्रधानध्यापक मधुप्रसाद गौतम लगायतको सहभागिता थियो । सहभागीहरु भावुक हुँदै भन्दै थिए -‘ हेर्दा बोल्छन कि जस्ता तर दुभाग्य उनीहरु मनको वह कसरी कहकाे अवस्थामा जीवन बिताई रहेका छन् ।
लेखक नेपाल पत्रकार महासंघ गुुल्मीका सचिव हुुन् ।

