विराटनगरमा गुडिरहेको टिपरमा आगो लाग्यो


विराटनगर- विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेको छ। विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा सोमबार दिउँसो साढे २ बजेतिर एक्कासि आगो लागेको हो।

प्रहरीका अनुसार विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए।

टिपरमा कसरी एक्कासि आगलागी भयो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ।

प्रतिक्रिया