विमानस्थलबाट अवैध ११ लाख रुपैयाँसहित भारतीय पक्राउ


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ११ लाख नेपाली रुपैयाँ र ८२ हजार ५ सय भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्ति ४५ वर्षीय सौरभ थुकराल रहेका छन्। उनी आइतबार एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका बेला विमानस्थलमा चेकिङका क्रममा पक्राउ परेका हुन्।

सुरक्षा जाँचका क्रममा थुकरालको साथमा रहेको सुटकेसबाट उल्लेखित रकम फेला परेको थियो। प्रारम्भिक अनुसन्धानपछि उनलाई आवश्यक थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया