मदनकृष्ण र राजुबाबुलाई फूल बुट्टे सारी सम्मान


काठमाडौं – गीत ‘फूल बुट्टे सारी’ गीतले युट्युबमा करोड बढी भ्यूज पाएको अवसरमा अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ ।  काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधबार आयोजित विशेष समारोहमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो ।

कलाकार श्रेष्ठले कोरोनाको कहरका बेला सार्वजनिक भएका गीतले पाएको उचाइले सांगीतिक क्षेत्रलाई चलायमान गराएको बताए । ‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । साथै दुवै गीतको मिक्सिङमा श्यामश्वेत रसाइली रहेको छ ।

महिला स्वरमा रहेको ‘फूल बुट्टे सारी’मा पल शाह र मालिका महत तथा पुरुष स्वरमा रहेको गीतको भिडियोमा सोना लिम्बु, आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ ।

प्रतिक्रिया