वन्डर वुमन १९८४ को उत्साहजनक व्यापार


लण्डन(एजेन्सी)– हलिउड फिल्म ‘वन्डर वुमन १९८४’ले थिएटरमा उत्साहजनक व्यापार गरिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा पनि यो फिल्मले गरेको व्यापार देखेर व्यापार विश्लेषकको मुहार उज्यालिएको छ ।

अभिनेत्री गेल गेडोटको प्रमुख भूमिका रहेको फिल्मले बक्स अफिसमा कमाल नै गरेको उनीहरुको बुझाई छ । फिल्मले पहिलो सातामा ८ करोड रुपैंयाँको कारोबार गरेको छ । फिल्मले प्रिव्यू प्रीमियरबाट ७५ लाख, पहिलो दिन १ दशमलब ५ करोड, दोस्रो दिन २ दशमलब २५ करोड, तेस्रो दिन १ दशमलब ७५ करोड र चौथो दिन १ दशमलब ७५ करोड रुपैंयाँको कारोबार गरेको थियो । यो महामारीको समयमा फिल्मले यति आम्दानी गर्नु उत्साहजनक भएको व्यापार विश्लेषकको बुझाई छ ।

फिल्म ‘वन्डर वुमन १९८४’को सफलता पछि निर्माताले यो सुपरहिरो सिरिजको तेस्रो भाग पनि निर्माण गर्ने निर्णय लिइसकेका छन् । निर्माताले चाँडै नै ‘वन्डर वुमन ३’को सुटिङ गर्ने बताएका छन् ।

प्रतिक्रिया