नम्रता सापकोटाको चिन्ताः ‘उनी कुन हालतमा होलिन्?’


काठमाडौं – पल शाह प्रकरणमा अभिनेत्री तथा मोडल नम्रता सापकोटाले पनि मुख खोलेकी छन्। यसअघि अभिनेत्री रेखा थपा, ऋर्चा शर्मा र प्रियंका कार्कीलगायत थुप्रै अभिनेत्रीले आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्।

सोहीक्रममा नम्रताले सामाजिक सञ्जाल मार्फत पल शाह प्रकरणमा पीडित नाबालिग गायिका र उनको परिवारको विषयमा चिन्ता व्यक्त गरेकी छन्।

उनले फेसुबकमा लेखेकी छन्, ‘के उनी ठिक छिन्? उनी कुन हालतमा होलिन्। उनको परिवारलाई के बितिरहेको होला?’

त्यस्तै पीडितको सुरक्षा समाज र समाजमा रहेको सबैको भएको समेत बताएकी छिन्। उनले यस बिषयमा प्रश्न गरेकी छन्, ‘उनको सुरक्षा यो समाज र समाजमा बस्ने नागरिकको हैन र?’

प्रतिक्रिया