कांग्रेस महाधिवेशनः विमलेन्द्रको ‘छटपटी’ र रामचन्द्रको ‘गुप्तबास’सँगै ‘ढुक्क’ देउवा


नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन केही मिनेटमात्रै बाँकी छ । महाधिवेशनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आगामी चार वर्षका लागि नेतृत्वचयन कै विषय हो । अहिलेसम्मको परिस्थिति हेर्दा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पुनः सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

हुन त, घोषणाकै कुरा गर्ने हो भने धेरै नेताहरुले गरिसकेका हुन् । वर्तमान उपसभापतिद्वय बिमलेन्द्र निधि र प्रकाशमान सिंहले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अझै निधिले झन् गत भदौ ११ गते नै सभापतिमा उम्मेदवारी घोषणा गर्दै काठमाडौंको थापागाउँमा कार्यालय नै खोलेर आफ्नो प्रचारप्रसार थालिसकेका थिए । तर, अहिले उनै निधिले महाधिवेशनमा आफ्नो अस्तित्व गुम्ने डरले हो वा सहमतिको सिद्धान्तले हो, बरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति भएको खण्डमा आफू ब्याक हट्ने उद्घोष गरेका छन् ।

पिता महेन्द्रनारायण निधिको विरासत थाम्ने आशामा कांग्रेस सभापतिको दाबेदारी गरिरहेका निधिले पछिल्लो समय भएको कांग्रेसका गाउँ, पालिका, प्रदेश र जिल्ला अधिवेशनबाट आफ्नो भविष्य अनुमान गरेर पौडेललाई साथ दिन लागेका हुन् वा साँच्चै शेरबहादुर देउवाविरुद्ध सबै कांग्रेस एकजुट हुने अवस्थाको सिर्जना होस् भन्दै व्यक्तिविरुद्ध लागेका हुन् त्यसको उत्तर निधि स्वयंमलाई नै थाहा होला ।

कांग्रेसमा एक किसिमको बिरासत नै भएको कोइराला परिवारका तीन जना स्वघोषित सभापतिका उम्मेदवारहरु पनि अन्तिम समयमा आएर विस्तारै विस्तारै पछि हट्न थालेका देखिएका छन् । शशांक, शेखर र सुजाता कोइरालाले पछिल्ला दिनहरुमा सहमति भएमा अन्य नेतालाई सहयोग गर्ने अभिव्यक्ति दिएसँगै यस महाधिवेशनमा आफ्नो अस्तित्व मूल्यांकन गरिसकेका होलान् जस्तो देखिएको छ ।

पार्टीमा आफ्नाे अस्तित्व जमाउन पनि नसक्ने, अनि अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि समेट्न वा चित्त बुझाउन नसकेर नै रामचन्द्र ‘गुप्तबास’ बस्न थालेका देखिएका छन् । पार्टीको बिहीबारको अन्तिम केन्द्रीय समितिको बैठकमा समेत अनुपस्थित भएका पौडेलले अहिले बोहोराटारबाटै विज्ञप्ति निकालेर महाधिवेशनमा सहभागी नहुने ‘नौटंकी’ गर्न लागेको समाचार सञ्चारमाध्यममा आइरहेका छन् ।

वीर गणेशमान पुत्र प्रकाशमान सिंह पछिल्लो समय सभापतिको लागि उम्मेदवारी दिँदै अवधारणा पत्र सार्वजनिक गरिसकेका छन् । उनले देउवाइतर समूहबाट जसरी पनि उठ्ने निर्णय गरेसँगै इतर समूह नै छिन्नभिन्न अवस्थामा आइपुगेको छ । आम निर्वाचनमा सधैं सफल भईरहेका काठमाडौंको क्षेत्रपाटी चाक्सीबारी घर भएका सिंहले डडेलधुराको मत खोसेर पार्टी नेतृत्वमा बस्न सक्छु भनेर आँट गर्नु पक्कै पनि स्वागतयोग्य कुरा हो ।

उता, आफूलाई सभापतिको दाबी गर्दै संस्थापनविरुद्धको अर्को मोर्चा बनाउन सफल रामचन्द्र पौडेल भने पछिल्ला दिनमा पार्टी कार्यक्रमहरुमा उपस्थित हुन् छाडिसकेका छन् । पार्टीमा आफ्नाे अस्तित्व जमाउन पनि नसक्ने, अनि अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि समेट्न वा चित्त बुझाउन नसकेर नै रामचन्द्र ‘गुप्तबास’ बस्न थालेका देखिएका छन् । पार्टीको बिहीबारको अन्तिम केन्द्रीय समितिको बैठकमा समेत अनुपस्थित भएका पौडेलले अहिले बोहोराटारबाटै विज्ञप्ति निकालेर महाधिवेशनमा सहभागी नहुने ‘नौटंकी’ गर्न लागेको समाचार सञ्चारमाध्यममा आइरहेका छन् ।

नेतृत्व गर्न सक्छु भन्ने खुबी र चाहना भएका व्यक्तिले निर्वाचनमा जस्तो सुकै नतिजा आए पनि आफ्नो अभिव्यक्ति वा विचार मैदानमा ल्याउन नसक्नु पौडेलका लागि सधैं घातक बन्नेमा द्विविधा छैन । पौडेल नेपाली कांग्रेसका एक राम्रो विकल्प हुन्, उनी त्यति धेरै कमजोर छैनन्, जति सबै अन्य प्रतिस्पर्धीहरुले छाडेर उनलाई नै समर्थन गरुन् भन्ने । आफूलाई आफ्नो जनमतमा विश्वास राख्न पनि नसके पौडेलका भर्खरै नेकपा एमालेको महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिएका भीम रावलबाट पाठ सिक्नुपर्ने देखिन्छ ।

सभापति देउवाको नेतृत्वबाट नतिजा जस्तोसुकै आए पनि उनी आफूमा भने पूर्ण विश्वस्त बनेको अर्को उदाहरण बिहीबार मात्रै देखियो । सुदूरपश्चिम कांग्रेसका दुई हस्तीहरु एनपी साउद र रमेश लेखकको लामो समयको कटुतालाई देउवाको एकवचनले नष्ट गरिदिएको छ ।

यदि आफूमा विश्वास छ भने कांग्रेस युवा नेता गगन थापाले जस्तै बिना कुनै गुट उम्मेदवारी घोषणा गर्न सक्नुपर्छ, चाहे परिणाम जस्तो सुकै आओस् । पहिले नै परिणामसँग डराएर ‘बनबास’ बस्नु खोज्नु पौडेलले अहिलेसम्म गरेको राजनीतिका लागि सह्य हुँदैन ।

महाधिवेशन सुरु हुनै लाग्दा संस्थापन पक्षमा भने नेतृत्वका लागि कुनै प्रश्न नै उठेको छैन । संस्थापनमा सभापति देउवाबाहेक अन्य कसैले पनि सभापतिको दाबेदारी गरेको छैन, त्यसैले देउवा ढुक्क छन् । ७ प्रदेशमध्ये ४ प्रदेशमा आफूपक्षीय उम्मेदवारले जित हात पारेपछि देउवा अहिले केन्द्रीय तहमा आफू ‘सुरक्षित’ भएको भान गरिरहेका छन् । देउवाको नेतृत्वमा कांग्रेस अनि देशको भविष्य जस्तो सुकै भए पनि अहिलेको लागि देउवा भने कांग्रेसभित्रको भविष्य सुरक्षित र विकल्परहित नै देखिएको छ । उम्मेदवारीकै बेला पनि सहमति जुटाउन नसक्ने संस्थापनइतर समूहले महाधिवेशन पछि पार्टी कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कुराको अनुमानसम्म नगरी अहिले उम्मेदवारीका लागि नै पापड पेल्न परेको देखिएको छ ।

सभापति देउवाको नेतृत्वबाट नतिजा जस्तोसुकै आए पनि उनी आफूमा भने पूर्ण विश्वस्त बनेको अर्को उदाहरण बिहीबार मात्रै देखियो । सुदूरपश्चिम कांग्रेसका दुई हस्तीहरु एनपी साउद र रमेश लेखकको लामो समयको कटुतालाई देउवाको एकवचनले नष्ट गरिदिएको छ ।

त्यसैले सुरु हुनै लागेको कांग्रेस महाधिवेशनको निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेस नेतृत्वका लागि भदौदेखि घोषणा गरेर बसेका बिमलेन्द्र निधीमा छटपटी देखिएको छ भने रामचन्द्र पौडेल बिहीबारदेखि औपचारिक कार्यक्रमहरुमा अनुपस्थित भएर गुप्तबास बसेसँगै देउवा आगामी नेतृत्वका लागि पनि विकल्परहित ढुक्क अवस्थामा रहेका देखिएका छन ।

प्रतिक्रिया