
काठमाडौंमा डिजिटल बोर्ड हटाउने अभियान सुरु, ४१ बोर्ड हटाइने
काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरीले राजधानीभर राखिएका सबै डिजिटल विज्ञापन बोर्ड हटाउने प्रक्रिया सुरु गरेको छ। मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरी बलले बुधबारदेखि बोर्ड हटाउन थालिएको हो।
पहिलो चरणमा मध्य बानेश्वरस्थित आइप्लेक्स कम्प्लेक्सको डिजिटल बोर्ड हटाइएको छ। कामपा प्रहरी बलका कार्यवाहक प्रमुख राजु पाण्डेका अनुसार, “राजधानीका विभिन्न स्थानमा ४१ वटा डिजिटल बोर्ड रहेको तथ्यांक छ, ती सबै हटाइनेछन्।”
महानगरपालिकाले यसअघि जारी गरेको १४ बुँदे मापदण्ड पूरा नगरेको भन्दै बोर्ड हटाउने निर्णय गरिएको हो।
कामपाको राजस्व विभागका अनुसार ९ वटा बोर्ड कम्पनीले राजस्व तिरेर विज्ञापन बोर्ड राखेका थिए। तर ती बोर्डले समेत सर्त उल्लंघन गरेको भन्दै हटाउन लागिएको प्रहरीको भनाइ छ।



कागजपत्र |
