हिजो सेतीमा बगेका बालकको शव भेटियो


डोटी – डोटीमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको छ ।

मंगलबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने १० वर्षीय अमित विकको शव फेला परेको हो ।

बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको कमान्डमा खटिएको गोताखोर सहितको टोलीले शव फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया