राप्रपा पदाधिकारीमा थापा पक्ष हाबी, को-को भए त निर्वाचित ? (मतसहित)


काठमाडौं — राष्ट्रिय प्रजातान्त्र पार्टीको आगामी नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् ।

अध्यक्षमा पराजित कमल थापा र विजयी राजेन्द्र लिङदेन दुवैको प्यानलमा परेका पाण्डेले सर्वाधिक २ हजार ५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् ।

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्षबाट निर्वाचित भएकी हुन् ।

महामन्त्रीमा धवल शमशेर राणा विजयी भएका छन् । २२ सय २१ मत ल्याएर निर्वाचित भएका हुन् । महामन्त्रीमा भुवन पाठक १७ सय ५ ल्याएर विजयी भएका छन् । पाठक थापा प्यानलका हुन् ।

त्यस्तै महिला महामन्त्रीमा पनि थापा प्यानलकी कुन्ती शाही निर्वाचित भएकी छन् । उनले २ हजार ४ मत ल्याएकी छिन् । उनले चर्चित नायिका रेखा थापालाई पराजित हुँदै महिला महामन्त्रीमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया