
गृहमन्त्रीलाई फोन- ‘आधा घण्टामा अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनु, नभए…!’
काठमाडौं – वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गरेका छन्।
अदालत परिसरबाट आधा घण्टाभित्र सुरक्षाकर्मीहरु हटाउन आग्रह गर्दै कार्कीले नहटाए राम्रो नहुने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।
शुक्रबार बिहानैबाट सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शन भइरहेको छ। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश नै गर्न नदिने रणनीतिका साथ विरोध जनाइरहेका छन्।
यद्यपि प्रधानन्यायाधीश जबरा भने आफ्नो कार्यकक्षमा अर्कै गेट प्रयोग गरेर पुगिसकेका छन्। कानुन व्यवसायीहरुको प्रदर्शन रोक्न रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।



कागजपत्र |
