

पिरामिडमा फोटोसुट गर्दा पक्राउ

कायरो(एजेन्सी)– इजिप्टको मिस्रमा एक मोडलले प्राचीन पिरामिडको अगाडि तस्बिर खिचाउदा उनको फोटोग्राफरका लागि महंगो साबित भएको छ । प्रहरीले मोडलको तस्बिर खिच्ने फोटोग्राफरलाई पनि पक्राउ गरेको छ । फोटोग्राफरले प्रख्यात मोडल सलमान अल–शिमीको तस्बिर उक्त पिरामिड अगाडि खिचेर विश्वको धरोहर मानिएको पिरामिडको अपमान भएको जनाउदै पक्राउ गरेको हो ।
फोटोग्राफरले फोटोसुट भन्दा अगाडि कसैबाट पनि अनुमति लिएका थिएनन् । जब मोडल सलमाको तस्बिर सामाजिक सन्जालमा आयो, त्यसपछि मात्र प्रहरीले फोटोग्राफरलाई पक्राउ गरेको हो । प्रहरीले कसरी फोटोग्राफर क्यामरा लिएर पिरामिडको अगाडि पुगेर फोटोसुट गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । अनौठो कुरा के छ भने फोटोग्राफरले सलमाको फोटोसुट गरिरहँदा त्यहाँ कसैले पनि यसमा चासो देखाएको थिएन । फोटोग्राफर पक्राउ परेपछि प्रहरीले मोडल सलमालाई पनि पक्राउ गरेको चर्चा चले पनि प्रहरीले त्यसको खण्डन गरेको छ ।

मिस्रको यो पिरामिड विश्वकै सातौं आश्चर्यमध्ये एक हो । यसलाई मिस्रका मानिसहरुले धार्मिक भावले मान्दछन् । जुन स्थानमा फोटोसुट भएको थियो, त्यो सक्काराको ठूलो चिहानस्थल हो । जसको इतिहास करिब तीन हजार वर्ष पुरानो मानिएको छ ।


