‘बिगस्टार’भन्दा ‘कन्टेन्ट’सँग खेल्ने-मेघना गुल्जार


करिब एकबर्ष अगाडि जब नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरे तब बलिउडमा नेपोटिजम, ग्रुपिजमबारे व्यापक चर्चा र आलोचना भयो । यीनै विषयलाई लिएर नायक सलमान खान, रणबीर कपुर, आलिया भट्टदेखि नायिका सोनाक्षी सिन्हा अनि निर्देशक तथा निर्माता करण जोहर सबैको सामाजिक संजालमा व्यापक ट्रोल गरियो । यी सबै कलाकार नेपोटिजमकै अंग मानिन्छन् । नेपोटिजमको जाल दिनप्रतिदिन बलिउडमा झांगिदै गइरहेको छ र यो रोकिने वाला पनि छैन्। यो सत्य फेरि सबैलाई थाहा पनि छ ।तर पनि वेला वेलामा यसले तरंगहरु ल्याइराख्छ।

नायिका कंगना रनवातका अनुसार नेपोटिजम नामको विश्वविद्यालयका चान्सलर करण जोहर नै हुन् । बलिउडमा नेपोटिज्म छ यसमा दुई मत नै छैन तर के नेपोटिजम बलिउडमा मात्रै छ त ? नेपोटिजमकै कुरा गर्ने हो भने बलिउडमा भन्दा कता हो कता चर्को अवस्था साउथ सिनेमा उद्योगमा ज्यादा छ। तर त्यसले सिनेमाको गुणस्तरमा खासै फरक पारेको छैन। त्यसैले यसको आलोचना त्यति आबश्यक पनि छैन्।

नेपोटिजम जहाँ पनि छ र जुनै क्षेत्रमा पनि छ तर नेपोटिजमले मात्रै कसैलाई सफलताको सर्टिफिकेट दिँदैन। जुनै क्षेत्र होस् व्यक्तिले आफ्नै मेहनत नगरी अगाडी पुग्न सक्दैन । नेपोटिजमले नै सबैथोक दिने भएको भए अमिताभ बच्चनका छोराको बलिउडमा यो स्थान हुने थिएन न त मिथुनका छोराले बलिउड नै छोडेर जानूपथ्र्यो । मेघना गुल्जारलाई पनि सबै सफलता, किस्तिको थालमा आइपुग्नु पर्ने थियो, तर त्यसो कहाँ भयो र उनले पनि कठोर मेहेनत गरेर बल्ल सफलता प्राप्त गरिन्।

लेखिका,फिल्म निर्देशक तथा निर्माता मेघना गुलजारको जन्म १३ डिसेम्बर, १९७३ मा महाराष्ट्रको मुम्बईमा भएको हो। मसुर गीतकार, लेखक तथा निर्देशक गुलजार र अभिनेत्री राखी यिनका पिता माता हुन् । अमेरिकाको प्रतिष्ठित टिस्का स्कुल अफ आर्टबाट यिनले फिल्म मेकिङबारे सर्ट कोर्ष पूरा गरेकी छिन्।

फिल्मी क्यारियरको शुरूवात यिनले पिता गुल्जारको असिस्टेन्टको रुपमा फिल्म माचिस र हुतुतुमा काम गरेर गरेकी थिइन् । हुतुतु फिल्ममा त यिनले पितालाई लेख्नमा पनि सहयोग गरेकी थिइन्। समाजशास्त्रमा स्नातक सकेपछि यिनले केही समय निर्देशक सइद मिर्जासंग पनि काम गरेकी थिइन् । यिनले दुरदर्शन टिभीका लागि केही डकुमेन्ट्री पनि बनाएकी छिन्। त्यस्तै केही म्युजिक भिडियोको निर्देशन पनि गरेकी छिन् । मेघना गुल्जारले निर्देशन गरेको पहिलो फिल्म फिलहाल हो। सन् २००२ मा रिलिज भएको यो फिल्म बक्स अफिसमा असफल साबित भएको थियो। पहिलो फिल्म फिलहालमा नायिका तब्बु र सुस्मिता सेनको अभिनय रहेको छ।

फिलहालपछि यिनले सन् २००७ मा जस्ट म्यारिड नामक फिल्मको निर्देशन गरेकी छन् । सन २००७ पछि यिनी केही समय फिल्म क्षेत्रबाट टाढिन र केही बिषय र तिनको अध्ययनमा आफुलाई व्यस्त गरिन्। यिनको तेस्रो फिल्म सन् २०१५ मा आएर रिलिज भयो र फिल्मको नाम थियो तलवार।यो फिल्म जुन २००८मा दिल्लीको नोयडामा भएको डबल मर्डर मिस्ट्रीमा आधारित छ। आरुषी मर्डर काण्डका रूपमा चर्चित यो फिल्ममा इरफान खानको बेजोड अभिनय देख्न पाइन्छ। तलवार फिल्मको लेखन निर्देशक विशाल भारद्वाजले गरेका हुन्। बक्स अफिसमा पैसा कमाउन नसकेपनि यो फिल्मलाई समिक्षकहरुले निकै सराहनीय काम भनेर प्रशंसा गरेका छन् ।

नेपोटिजमले नै सबैथोक दिने भएको भए अमिताभ बच्चनका छोराको बलिउडमा यो स्थान हुने थिएन न त मिथुनका छोराले बलिउड नै छोडेर जानूपथ्र्यो । मेघना गुल्जारलाई पनि सबै सफलता, किस्तिको थालमा आइपुग्नु पर्ने थियो, तर त्यसो कहाँ भयो र उनले पनि कठोर मेहेनत गरेर बल्ल सफलता प्राप्त गरिन्।

तलवारपछि सन्  २०१८ मा यिनलाई एकैपटक बम्पर सफलता दिलाएको फिल्म हो राजी । लेखक हरिन्दर सिख्खाको किताब कलिङ सेहमतमा आधारित यो फिल्ममा नायिका आलिया भट्ट, विक्की कौशल र जयदिप अहलावतको बेजोड अभिनय रहेको छ। करिब ३० करोडको कुल लागतमा बनेको यो फिल्मले बक्स अफिसमा २२० करोड कमाएको थियो । समिक्षकले समेत जमेर तारिफ गरेको यो फिल्मले फिल्मफेयरको बेस्ट सिनेमा र निर्देशकको अवार्ड जितेको छ।

पाकिस्तानी आर्मी अफिसरसँग बिवाह गरेकी कश्मिरी युवती र देशप्रेमका लागि उसले गर्ने जासुसी र संघर्ष यो फिल्ममा देखाइएको छ। आलिया भट्टको हालसम्मको क्यारियर बेस्ट रोल यसै भुमिकालाई मानिन्छ। राजीपछि मेघनाले एसिड आक्रमणको सामना गरेर पनि सामाजिक काममा क्रियाशिल रहेकी लक्ष्मी अग्रवालको जिवनीमा आधारित फिल्म छपाक बनाइन्। यो फिल्ममा नायिका दिपिका पादुकोणेको अभिनय रहेको छ।

पछिल्लो दशकमा बलिउडको मुलधार भनिने सिनेमामा कन्टेन्टको खोजी तीब्र रूपमा आइरहेको छ यसले गर्दा पहिले आर्टहाउस सिनेमा मेकर भनिने बर्ग अहिले बलिउडमा शीर्षस्थानमा बिराजमान छन् । अनुराग कश्यप, हंसल मेहता जस्ता निर्देशक र नवाजुद्दिन सिद्दकी, राजकुमार राव, भुमिका पेडनकर, तापसी पन्नुजस्ता कलाकारको आजको उपलब्धिले यहि संकेत गर्दछ।

हाल मेघना मिल्ट्री अफिसर साम मानेकशाहको जिवनीमा आधारित फिल्मको निर्माणमा जुटेकी छिन् । जसमा उनले नायक बिक्की कौशललाई लिएकी छिन्। दुरदर्शनबाट प्रसार भएको टेलिसिरियल खेलखेलौनामा यिनले बालकलाकारको रुपमा अभिनय पनि गरेकी छिन् । कुनै समय नायक कमल हसनले मेघनालाई आफ्नो फिल्ममा नायिकाको रुपमा अनुबन्ध गर्न चाहेका थिए जसलाई यिनकी आमा राखीले ठाडै नकारी दिएकी थिइन् । फिल्मको नाम थियो- गुना

मेघनाले आफ्नो पिता गुलजारबारे पनि किताब लेखेकी छिन् जसको शिर्षक बिकौज हि इज हो। सत्य घटनामा आधारित धेरै फिल्म निर्देशन गरेकी मेघना भन्छिन् मलाई यस्तै बिषयमा रुचि छ। सत्यलाई नजिकबाट नियाल्ने मेरो कोसिस र रुचि पनि हो। स्टारकास्टभन्दा स्टोरीलाई बढी महत्वपूर्ण मान्ने मेघना भन्छिन् यदि तपाईंसँग पावरफुल स्टोरी छ भने त्यही सुपरस्टार हो। आजको समय भनेको कन्टेन्टको हो। कन्टेन्ट राम्रो भए बिगस्टार नभएपनी चल्छ।

पछिल्लो दशकमा बलिउडको मुलधार भनिने सिनेमामा कन्टेन्टको खोजी तीब्र रूपमा आइरहेको छ यसले गर्दा पहिले आर्टहाउस सिनेमा मेकर भनिने बर्ग अहिले बलिउडमा  शीर्षस्थानमा बिराजमान छन् । अनुराग कश्यप, हंसल मेहता जस्ता निर्देशक र नवाजुद्दिन सिद्दकी, राजकुमार राव, भुमिका पेडनकर, तापसी पन्नुजस्ता कलाकारको आजको उपलब्धिले यहि संकेत गर्दछ। यस्तोमा कथालाई निकै महत्वपूर्ण मान्ने मेघना गुलजारजस्ता निर्देशकका लागि अहिले अवसर र चुनौती दुवै छन् ।

प्रतिक्रिया