‘हरेक नियमको पनि केही अपबाद हुन्छन्’


सिनेमा पाउने र सफल हुने कुनै ठोस शुत्र छैन । त्यसैले सबै मान्छे आफ्नै तरिकाले सफलता खोज्दै जान्छन् । बलिउडमा एउटा यस्ता कलाकारहरु पनि छन् जसले क्यारियरको शुरूवातमै राम्रा राम्रा सिनेमा छोडे तर भाग्यले तिनको साथ छोडेन र तिनले पछि आएर भएपनि आफ्नो मुकाम बनाइ छाडे । रणदीप हुड्डा त्यस्तै एक कलाकार हुन् । अगष्ट २०, १९७६ मा हरियाणाको रोहतकमा जाट परिवारमा जन्मेका रणदीप हुड्डाले अष्ट्रेलियाको मेलबर्नबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा स्नातक गरेर भारत फर्किए । भारत आएपछि यिनले मोडलिङको काम शुरु गरे र अभिनय सिक्न थिएटर ज्वाइन गरे ।

यिनले अभिनय गरेको नाटक टु टिच हिस ओन हेर्न पुगेकी निर्देशक मिरा नायर यिनको अभिनयबाट प्रभावित बनिन् र यिनलाई मनसुन वेडिङमा एक रोल अफर गरिन । मन्सुन वेडिङ पछि यिनले रामगोपाल बर्माको फिल्म डि मा लिड खेले तर त्यो फ्ल्प भयो । त्यसपछि यिनले कर्म और होलिमा काम गरे तर त्यो पनि क्यारियरका लागि केही काम लागेन । रणदीप हुड्डाको क्यारियरमा टर्निग तब आयो जब यिनलाई मिलन लुथरियाले आफ्नो फिल्म वन्स अपन अ टाइम इन मुम्बईमा पुलिस इन्स्पेक्टरको रोल दिए । यो चलचित्रमा यिनको रोल निकै छोटो छ ।

अभिनयका साथै घोडचढीमा पनि अत्याधिक रुचि भएका यी नायकले ८ वटा घोडा पालेका छन् जसलाई उनी महालक्ष्मी रेस कोर्समा राख्छन् । धेरैलाई थाहा नहुन सक्छ रणदीप हुड्डाले पत्रकारिता पनि गरेका छन् । कुनै समय अस्ट्रेलियामा पढ्न गएका भारतीय विद्यार्थी माथी अत्याधिक हिंसा भएको थियो । त्यहा पढ्ने अधिकाश भारतीय विद्यार्थी माथी रङ्गभेदी व्यबहार भएका थिए । यी घटना बारे रणदीप हुड्डाले एसियन करेस्पोन्डेन्डमा धेरै लेख लेखेका छन् ।

तर भनिन्छ नि,एक गज्जब कलाकारको खासियत नै त्यही हो कि रोल चाहे एक सिनको होस् वा २ सिन आफ्नो कमाल देखाइहाल् । यो फिल्म पछि रणदीप हुड्डाले तिग्माशु धुलियाको फिल्म साहेब, बिबी और गैगस्टारमा पनि काम गरे र यो फिल्म पनि हिट भयो । जन्नत२,हाइवे आदि यिनका पछिल्ला सफल फिल्महरु हुन । रणदीप हुड्डा एक्टरका साथ साथै पोलो खेलका एक सफल खेलाडी पनि हुन । डाक्टर पिता र सामाजिक कार्यकता आमाका छोरा रणदीप का एक भाइ छन् सन्दिप हुड्डा, जो पेसाले सर्जन हुन । अष्ट्रेलियामा पढाईका दौरान यिनले दुई बर्ष रेष्टुरेन्टमा काम गरेका थिए र केही समय ट्याक्सी पनि चलाएका थिए ।

5 Randeep Hooda Movies To Watch To Get Psyched Ahead Of His Hollywood Debut  'Extraction'

यिनले आफ्नो अभिनयमा सुधार ल्याउनका लागि नसरुद्दिन शाहको वर्कशप प्रभावकारी भएको बताएका छन । ली ब्लिसिङको नाटक अ वाक इन द वुडको हिन्दी रुपान्तरण रणदीप हुड्डाले गरेका हुन् जसको निर्देशन रत्ना पाठकले गरेकी हुन भने यो नाटकमा नसरुद्दिन शाहको बेजोड अभिनय रहेको छ । रणदीपले आफनो रोललाई जिवन्त बनाउने कुरामा कति सचेत छन् भन्ने एक उदाहरण छ । फिल्म हाइवेको रोलको तयारीका लागि यिनीले २५ दिनसम्म आलिया भट्टसंग बोलचाल बन्द गरेका थिए ।

अभिनयका साथै घोडचढीमा पनि अत्याधिक रुचि भएका यी नायकले ८ वटा घोडा पालेका छन् जसलाई उनी महालक्ष्मी रेस कोर्समा राख्छन् । धेरैलाई थाहा नहुन सक्छ रणदीप हुड्डाले पत्रकारिता पनि गरेका छन् । कुनै समय अस्ट्रेलियामा पढ्न गएका भारतीय विद्यार्थी माथी अत्याधिक हिंसा भएको थियो । त्यहा पढ्ने अधिकाश भारतीय विद्यार्थी माथी रङ्गभेदी व्यबहार भएका थिए । यी घटना बारे रणदीप हुड्डाले एसियन करेस्पोन्डेन्डमा धेरै लेख लेखेका छन् ।

Randeep Hooda says he's a part of Radhe only because of Salman Khan |  Filmfare.com

आफ्नी आमाको पदचाप पछ्याउँदै यिनी पनि सामाजिक कार्यमा निकै सक्रिय रहन्छन् । आत्महत्या विरुद्धको सचेतना कार्यमा यिनी निकै खटने गर्छन् कुनैसमय नायिका सुस्मिता सेन संग लिभ इन रिलेशनमा रहेका रणदीप हुड्डा लाई फिल्म एक्स्ट्राडिक्सनले अन्तर्राष्ट्रिय ख्याती दिलाइसकेको छ । यिनी यस्ता अजिब न्युकमर थिए जसलाई सामनेबाट रंग दे बसन्ती र रक अन जस्ता सिनेमा अफर गरिदा एकै झटकामा छोडेका थिए । यिनी कुनै समय रामगोपाल बर्मा माथी यति बिश्वस्त थिए कि यी दुवै सिनेमा उनले बर्माकै बाचामा छोडेका थिए ।

अरु त अरु यिनलाई नै हेरेर लेखिएको दबङ पनि यिनले खेल्न मानेन् । बलिउडमा संजयलिला भन्सालीलाई नो भन्न ठुला ठुला कलाकारलाई सकस पर्छ तर रणदीप हुड्डाले पद्मावतमा साहिद कुपुरवाला रोललाई सिधै हुंदैन् भन्दिएका छन् ।

कुनै न कुनै ब्यानरसंग आबद्ध नभई अनि कुनै गडफादर बिना बलिउडमा टिक्न मुस्किल हुन्छ ,सफलता त कोषौ दुरको कुरा भयो तर रणदिप हुड्डा ती कम मध्यका कलाकार हुन जसको न कुनै माइ बाप छ न समूह तर पनि यिनी चलिरहेका छन् । शायद यिनी जस्तैलाई हेरेर भनिएको होला हरेक नियमको पनि केही अपबाद हुन्छन् ।

प्रतिक्रिया