‘गुगल बाबा’लाई पनि गरीब राखिदिने अजिब विजयराज
ग्ल्यामर क्षेत्रलाई चमकदमकको महानगरी भनिन्छ । यहाँ प्राय: सबैलाई अटेन्सन चाहिन्छ । सहि गलत जेसुकै होस् हमेशा पेज थ्रीमा रहौं भन्ने भोक धेरैमा हुन्छ । कलाकर्मी बारे गुगलमा खोजेपछि नपाईने केही हुन्न भन्ने हौवा व्यापक नै छ र यो निकट हदसम्म सत्य पनि हो तर गुगलबाबालाई पनि गरिब राखिदिने कलाकार पनि हुने रहेछन् । यस्तै कलाकारमध्ये सायद अग्रमोर्चामा रहन सक्ने कलाकार हुन्- बिजयराज । बिजय राजको जन्म जुन ५, १९६३ मा दिल्लीमा भएको हो । दिल्ली विश्वविद्यालय अन्तर्गतको पिजि डेभ कलेजबाट उनले स्नातक गरेका छन् ।
यसै कलेजमा छँदै उनी नाट्य समुहमा संलग्न भएका थिए । उनले अभिनय गरेको पहिलो नाटकको नाम प्लेयर थियो । यिनको चर्चित नाटक अग्नी और बर्षा हो । नाटकले जगाइदिएको भोक उनी सिनेमाबाट मार्न चाहान्थे त्यसैले एक साँझ उनले दिल्लीबाट मुम्बई जाने रेल समाते र मुम्बई झरे। मुम्बई अर्थात् सपनाको सहर वा संघर्षको स्थल, यहाँ आएपछि उनले के भोगे वा उनलाई के–के सम्म गर्नु पर्यो उनले कहिलै खुलासा गरेका छैनन् ।
बरु नवाजउद्दिन सिद्दिकीले आफ्नो बायोग्राफी मा लेखेका छन् । मैले र बिजय राजले संघर्षका कयौं रात पार्लेजी बिस्कुट र पानीले बिताएका छौं । आफ्नो बारेमा यिनले कतै केही भन्दैन्न तर यिनी बारे अर्का कलाकार विनित कुमारले जे भनेका छन् त्यो साँच्चै भावुक बनायने खालको छ, विनीत कुमार एक दिन यिनको घरमा पुगेछन् र यिनलाई आफनो परिचय दिएछन् । विजय राजले उनलाई सम्मानका साथ नास्ता खुवाएछन् र विदा गरेछन् । विनित कुमार (यी कलाकारबारे पनि कुनै दिन विस्तारमा लेख्नेछु) जो त्यो समय मुम्बईमा दुख खियाउँदै थिए भन्छन् मानवता विस्तारै मर्दै गएको यो शहरमा विजयराज जस्ता केही मान्छे छन् जो यो शहरको धमनी बनेर रहेका छन् ।
बिजय राजले खेलेको नाटक बलिउडका दिग्गज कलाकार नसरुद्दिन शाहले नेशनल स्कुल अफ ड्रामा मा हेरेका थिए र उनी बिजय बाट प्रभावित बनेका थिए । बिजय राजले खेलेको पहिलो सिनेमा मनसुन वेडिङ थियो र यसको निर्देशन चर्चित निर्देशक मिरा नायरले गरेकी थिइन् । यसमा उनी पि के दुवे नामको पात्रमा छन् जसका पूरा नाम पर्वतलाल कनैयालाल दुबे हो जसलाई सबैले मायाका साथ पिके भन्छन् ।
बिवाह समारोहहरुमा सजावट गर्ने त्यो पात्र जसको पूरा नाम हो। यो फिल्म पछि बिजयराजले भोपाल एक्सप्रेस नामक सिनेमा खेले जुन भोपाल ग्यास त्रासदी का बारेमा थियो। लिड एक्टरको रुपमा उनको पहिलो फिल्म थियो रघु रोमियो जुन हिट फिल्म पनि हो । यसमा उनले निम्न बर्गिय एक पात्रको भुमिका निभाएका छन् जो हरेक कुरामा दुविधा मात्र देख्छ ।
बिजय राज बारे नसरुद्दिन शाहले भनेका छन् उसको अभिनय र शरीर चाल पहिलो पटक हेर्दा म अवाक भएको थिए । पहिले त मलाई यो क्यामरा वा लाइटको कमाल होला जस्तो लागेको थियो तर हेरिरहँदा थाहा भो यो त उसको नेचुरल क्षमता रहेछ । नाटकमा यो खालको सेन्सेटिभ कमै कलाकारसँग मात्र हुन्छ । फिल्मको बकस अफिस र फिल्मी पार्टीबारे विजय राजलाई बाल मतलब हुँदैन ।
सिनेमामा टाइमिङको पनि खुबै महत्व हुन्छ र बिजय राज बारे लेख्दै गर्दा त भाग्य बारे पनि भन्नैपर्छ किनकी उनी भाग्य र कर्म पनि भनिराख छन् । यो हुन पनि सक्छ किनकी लिड रोल र अरु धेरै रोल गरेर पनि खासै चर्चामा आउन नसेकेका यी कलाकार सन् २००४ मा आएको फिल्म रनबाट भने व्यापक चर्चित भए । फ्लप भएको यो फिल्मलाई आज पनि कसैले स्मरण गर्छ भने त्यो गणेश नामको पात्रका कारण गर्छ र उसको कौवा बिरयनी वाला सम्वाद सम्झिन्छ जसलाई निभाएका थिए यि नै बिजयराजले ।
मज्जाको कुरो के छ भने उनीसँग यो फिल्ममा आजका चर्चित अर्का कलाकार पनि एक पासिङ सिनमा छन् र जसको नाम धेरै पछि हामीले थाहा पायौं ती थिए आजका चर्चित कलाकार पंकज त्रिपाठी । मास पहिचान बनाए पछिको उनको अर्को यादगर रोल दिल्ली बेलि पनि हो । ग्याङस्टरको यो रोललाई यति जिवन्तका साथ यिनले खेलेका छन् कि अहिले हेर्दा पनि दर्शक अवाक हुन्छन् । अदब आवाज र फरक अन्दाजका लागि मसुर यी कलाकारले धेरै बिज्ञापनमा पनि आवाज भरेका छन् । यिनलाई जिवनमा सबैभन्दा मन नपर्ने काम भनेको आफ्नो अन्तर्वार्ता दिनु रहेको यिनले एक सम्बादका दौरान बताएका थिए ।
उनले भनेका थिए यार मलाई यो अन्तर्वार्ता दिनुभन्दा सजिलो काम सुत्नु लाग्छ । बार-बार आफ्नै मुखबाट आफ्नो बयान सुनाउनु जस्तो झ्याउ काम अरु केही हुनै सक्दैन । उनीसँग काम गरेका कलाकारको अनुभव सुन्दै जाँदा कन्फ्युजन मात्र ज्यादा हुन्छ । बिजय राजले अभिनय बारे कुनै औपचारिक शिक्षा लिएका छैन र कुनै पनि रोलका लागि उनी प्री तयारीमा विश्वास गर्दैन तर शायद गड गिफ्ट भन्ने शब्द यस्तै कलाकारका लागि हुनुपर्छ किनकी यिनको अभिनय हेर्दा भने यी ट्रेण्ड र मेथड लाग्छन् ।
बिजय राज बारे नसरुद्दिन शाहले भनेका छन् उसको अभिनय र शरीर चाल पहिलो पटक हेर्दा म अवाक भएको थिए । पहिले त मलाई यो क्यामरा वा लाइटको कमाल होला जस्तो लागेको थियो तर हेरिरहँदा थाहा भो यो त उसको नेचुरल क्षमता रहेछ । नाटकमा यो खालको सेन्सेटिभ कमै कलाकारसँग मात्र हुन्छ । फिल्मको बकस अफिस र फिल्मी पार्टीबारे विजय राजलाई बाल मतलब हुँदैन ।
उनी भन्छन्, ‘मेरो काम प्रति म सँधै इमान्दार हुन्छु र म यहाँ त्यसकै लागि मात्र आएको हुँ। सिनेमा बाहिर पनि संसार छ र मलाई त्यतै रमाइलो पनि लाग्छ।’ हालसम्म उनले करिब ५० भन्दा ज्यादा फिल्ममा काम गरिसकेका छन् र प्रत्येक पटक पर्दामा आउदा उनले आफ्नो प्रभाव छोडेर जान्छन् । तपाईंले स्मरण गर्नु भयो भने पनि थाहा हुन्छ धमाल फिल्मको सबैभन्दा हास्यरस भरिएको सिनमा यिनै बिजय राज छन् । उता गल्ली ब्याय मा पनि यिनै विजयराज छन् तर बिल्कुलै फरक अन्दाजमा तर पुरै जिंदा दिल बाला अन्दाजमा । रणबीर सिंहको रिसा पिताको रोलमा यिनी गज्जबले जमेका छन् ।
बिजयराजले टेलिभिजनमा पनि काम गरेका छन् जसमध्ये भंवर स्मरणीय छ । उनले रामगोपाल बर्मासँग जंगल, कम्पनी जस्ता फिल्म पनि गरेका छन् । सुटकेशमा ड्रग्स भेटिएका कारण यिनी दुबईको हिरासतमा पाँच दिन बसेका छन् । त्यो ड्रग्स कसरी आफ्नो लगेजमा आइपुगेको थियो भन्ने आफुलाई केही थाहा नभएको उनले बताउँदै आएका छन् । यिनको एक छोरी छन् । कृष्ण राज यिनकि श्रीमतीको नाम हो । विजयराजले फिल्मको पनि निर्देशन गरेका छन् । क्या दिल्ली क्या लाहोर नामक यो फिल्मलाई समीक्षकले पनि राम्रो भनेका छन् ।
अभिनयमा एक फरक पहिचान बनाइसकेका यी कलाकारलाई स्टारडमको रत्तिभर राग छैन । यिनी बारे राष्ट्रिय पुरस्कार बिजेता सिने लेखिका जुहि चतुर्बेदी भन्छिन् जब यिनी सेटमा प्रवेशमा गर्छन् तब लाग्छ अब यिनले के के गर्ने हुन तर जब उनी आफ्नो पात्रमा प्रवेश गर्छन् तब उनले सिधै छक्का प्रहार गर्छन् । यीनको अभिनय लाजबाब छ ।
शोरशराब र फिल्मी इभेन्ट आदि कतै नपुगी मुम्बई सिने नगरीमा आफनै सानो तर असरदार छाप राखिराख्न सक्नुलाई बिजय राजको बिजयको रुपमा बुझ्नु स्वभाविक हुन्छ ।