पराजित ओलि तर ‘जिवीत प्रवृत्ति’ र प्रतिगमनको रामराज्य


सत्ताबाट हटेको मुस्किलले ५० दिन पनि भएको छैन, केपी ओली र यिनका केही मण्डलीले जताततै अराजकता र अपराध मात्र देख्न थालेका छन् । बिचरा शिखरको सत्ताबाट जबर्जस्त भुइँमा पछारिएपछि बल्ल यिनीहरु देश र समाज देख्न र भन्न थालेका छन् । केपी ओलि र उनको चाटुक समुहको स्मरण कमजोर भएपनी आम नेपाली जनतालाई प्रष्ट थाहा छ बितेका साढे तीन बर्ष नेपालीका लागि कति साढे साती थिए भन्ने । ओलीको शासनकालमा यो देशले ती सबै खराब बेथितिको रेकर्ड तोड्यो जुन त्यस पहिले बनेकै थिए । भ्रष्टाचार, बेथिति, अराजकता, राजनीतिक अपराध सबै ओलीकालमा चरम सिमामा पुगे। काण्डहरु त यति भएकी ती सबै काण्डको नाम मात्र लेख्दा पनि पुस्तिका तयार हुन्छ।

आफ्नो सत्ता कायम राख्न सांसद अपहरणदेखि केही करोडको कमिसन चक्करमा यिनले कोभिडको दोस्रो लहरमा धेरै नेपाली जनतालाई मृत्युको मुखमा पु¥याए । त्यति मात्र होईन यिनले आफ्नो तथाकथित छवि बनाउन झुठै झुठको पुलिन्दा पस्किए। तुइन बिस्थापनदेखि बिकासको मुल बगाएको भन्दै यिनले आफ्नो पिठ आफै थपथपाए । केपी ओलि मात्र होईन यिनले छनोट गरेका ब्यक्ति र दिएका नियुक्तिलाई सरसर्ती हेर्दा नै यिनमा रहेको दुषित सोच प्रष्ट हुन्छ ।

सार्वजनिक जीवनका दुषित भएका, समाजलाई भाँड्न खोज्नेहरु, अराजक आदि नै यिनका प्रिय रहे । सल्लाहकारहरुको त कुरा गरी पनि साध्य छैन । आफूभन्दा इतर बिचार राख्ने पार्टी भित्रैको समुहलाई पनि यिनीहरु छानीछानी प्रहार गर्थे र त्यो क्रम अहिले पनि जारी छ। हुन त स्वयं ओलीले पनि सार्वजनिक रुपमै फरक बिचार राख्नेहरुलाई ‘चिल्नुपर्ने’ बताउने गर्दथे।

ओलीको शासनकाल उनी स्वयं र उनका मन्डलीलाई स्वर्णकाल लाग्ला तर नेपाली जनताका लागि त्यो विषम कठिन र चुनौतीपुर्ण समय थियो। ढिलो नै सहि त्यो कालोरात्री अहिले कटेर गएको छ। उनी गएपनी उनले छोडेर गएका अराजकता र बेथिति बालुवाटारदेखि सिंहदरबार र विभिन्न क्षेत्रमा कायम छन् ।नंया बनेको सरकारलाई यी सबैलाई पहिलाएर दुरुस्त गर्न केही समय लाग्ने निश्चित छ।

राजनीतिक पार्टीको आवरणमा केपी ओली समुह यस्तो संगठन चाहन्छन् जहाँ जे पनि गर्न आफ्नो समुहलाई मात्रै छुट होस् । यिनमा शक्तिको भोक यति धेरै थियो कि यिनले संबैधानिक आयोगहरुलाई पनि बिर्ताको रुपमा राख्न खोजे। सतर्कता केन्द्र र अख्तियारलाई उपयोग गरेर आफ्ना सबै राजनीतिक प्रतिद्वन्द्धी समाप्त गर्ने सपना ओलीमा रहेको देखिन्छ । फोर्स,सेना आर्मी जस्ता युवाका अनेक झुन्ड तयार गरेर राजनीतिका नाममा समाजमा अराजकता र भयको बाताबरण सिर्जना गराइरह्ने सोच विकसित भएको देखिन्छ ।

बालुवाटारबाट लज्जाजनक रूपमा बाहिरिनु पर्दा पनि सडकमा देखिएको राजनीतिक अपराधीकरणको छायांले शायद नेपालको कम्युनिस्ट आन्दोलन पनि लजायो होला ।आफ्नै पार्टीका नेता माधवकुमार नेपाल माथी केपी ओलिले जुन तुच्छ शब्द र ब्यवहार प्रस्तुत गरेका छन् त्यसले नेपाली राजनीतिक संस्कार पिंधमा पुगेको छ । नेताहरू बीचमा फरक फरक बिचार रहनु स्वभाविक सन्दर्भ हो तर आफ्नो जस्तै बिचार राखेन भनेर जिवितै नेतालाई ‘मरे त श्रद्धाञ्जली भन्नुहुन्थ्यो’ सम्म भनियो। नेकपा एमाले औपचारिक रूपमा नफुट्दैको ओली समुहले माधव नेपाल र उनको समुहमाथि भौतिक र मौखिक प्रहार कति गरे सबै रेर्कडेड छन् । यस्तो राजनीति नेपालमा यसअघि कहिले थिएन।

नेपालमा राजनीतिक पार्टी बारबार फुटेका छन् ,नेताहरुबीच मतभेद चर्का छन् तर सार्वजनिक रुपमा यतिसम्मको निम्नता हामीले देखेनौ । नेपाली काङ्ग्रेस पनि फुटेको थियो कुनै बेला, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच पनि अनेक मतभिन्नता थिए तर सार्वजनिक रुपमा ती कहिलै एक अर्को बिचमा यति निम्नस्तरमा प्रस्तुत भएनन् । माओवादी पार्टी त अनेक टुक्रामा बिभाजन छ तर उनीहरु पनि एक अर्का माथी आक्षेप लगाउदा थोरै मर्यादा राखेरै प्रस्तुत हुन्छन् । तर ओलि शैली हेर्नुस् कस्तो छ।आजको नेकपा एमाले बन्नुमा केपी ओलिको भन्दा बढी नै योगदान माधवकुमार नेपालकै होला कम त छैन । पुर्व प्रधानमन्त्री बनिसकेको र धेरै आन्दोलनमा नेतृत्व दिएका माधव नेपाल प्रती जे ब्यवहार भैराखेको छ त्यो के सानो अपराध हो?

लोकतान्त्रिक ब्यवस्था भनेको एक शिष्ट र शालिन शैली पनि हो। तर सत्तामा पुगेपछि ओलीले आफ्नै सहयात्री साथी प्रती जुन तुच्छता प्रदर्शन गरे त्यो निकै खेदजनक थियो। यीनले नेपालको लोकतान्त्रिक ब्यवस्था स्थापना गर्ने बीपी, जीपीदेखि सुशील कोइरालाहरुको योगदानमा पनि मजाक दर्शाए । आफ्ना केही मण्डलीलाई खुशी पार्न उनले सबै मार्यादित हद नाघे। बिपक्षी दल र पार्टी प्रती उनले प्रयोग गरेका धेरै बिचार खेदजनक थिए। छिमेकी देश र अन्तर्राष्ट्रिय सम्बन्धमा गोयब्ल्स शैली मुख्खर गरि आफ्नो महिमा मन्डन यसै कालमा पनि खुबै चलाइयो। तर यथार्थ के हो अहिले देखिँदैछ।

परम्परागत मित्रता बोकेका भारत र नेपालको सम्बन्ध पनि सुमधुर रहन सकेन ।त्यस्तै अर्को मुलुक चिनसंग पनि बिश्वस्त सम्बन्ध कायम राखिएन।कता कसको कार्ड चले भन्ने संशय व्यापक देखियो। मिडियाले व्यापक रुपमा र जबर्जस्त रुपमा स्थापित गरेका तथाकथित शालीन मन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध रसातालमा पुराएको सत्य कसैले पनि देखेनन्। ओलीको शासनकाल उनी स्वयं र उनका मन्डलीलाई स्वर्णकाल लाग्ला तर नेपाली जनताका लागि त्यो विषम कठिन र चुनौतीपुर्ण समय थियो। ढिलो नै सहि त्यो कालोरात्री अहिले कटेर गएको छ। उनी गएपनी उनले छोडेर गएका अराजकता र बेथिति बालुवाटारदेखि सिंहदरबार र विभिन्न क्षेत्रमा कायम छन् ।नंया बनेको सरकारलाई यी सबैलाई पहिलाएर दुरुस्त गर्न केही समय लाग्ने निश्चित छ।

मध्यस्थताको भुमिका लिएर आफ्नै मोलमोलाइ गरिरहेका नेताको प्रवृत्ति पनि ओलि प्रवृत्तिको नयाँ भेरियन्ट हो । यस्तोमा राजनीतिको शुद्धीकरणका लागि देखिने रामकुमारी झाँक्रीहरु फार बेटर हुन् । दोस्रो धार भनिएका त प्रतिगमनको रामराज्यका मतियार मात्रै हुन् । दस भाइले ओलि सुध्रिनु भयो भनेर सर्टिफिकेट जारी गरिसकेको भए पनि केपी ओलिका पछिल्ला दुई टेलिभिजन अन्तर्वार्ताले जनताले जानिसकेकी केपी बा प्रवृत्ति सुध्रिनेवाला छैन ।

भर्खरै आएको महालेखा नियन्त्रकको प्रतिवेदनले पनि ओलीराजको रामराज्य बयान गरेको छ । ओम्नि र यतिलाई पोस्न कसरी ओलि सरकार बेलगाम भएर राज्यको ढिकुटी लुट्याउन लागे भन्ने तथ्यको खुलासा हो यो प्रतिवेदन ।खड्ग प्रसाद ओलीको बहिर्गमनमा देखिएको आम जनताको खुशी बेहिसाब थियो। दलाल र माफियामा देखिएको बेचैनी र छट्पटीको पूरा द्रश्य आम नेपालीजनले बालुवाटार देखि बालकोटसम्मको प्रहसनबाट प्रष्टै देखे । खड्ग ओली नेपाली लोकतन्त्रले बिगत सत्तरी बर्ष देखि भोगिरहेको एक खड्गो थियो । नेपाली लोकतन्त्रमा यस्ता खड्गा अझै आउनेछन् । ओलिराज त बालकोटमा पुग्यो तर ओलि प्रवृत्ति बालुवाटार मै छ र बेलाबेला यो सलबलाउने खतरा कायमै छ।

माधव नेपाल अहिले आएर एमाले बाट बाहिरिएका छन् ।हेर्दा बाहिरिएको देखिए पनि खासमा ओली आफ्नो एमालेमा आलोचनात्मक चेत बोकेका कोहि नरहनु भन्ने चहान्थे त्यसैले उनले माधव नेपाल र उनको समुहलाई खेदेको खेदै गरेर पार लगाए । माधव नेपाल जस्तै चेत बोकेका देखाउने तर मझदारमा बेअर्थको आशा बोकेका केही थान नेतालाई उनी खिल मानिरहेका छन् र उनिहरु निस्किहालेर आफुलाई हाइ दिउन् भन्ने ओली र उनको समूह चाहान्छन् । तर, खिल हो भन्दा बितिकै कहाँ जान्छ र?दोस्रो तहका नेता भनिएको यो समुह बास्तवमा ओली र माधव नेपालबीच झगडा चलाएर आफनो स्वार्थको रोटी खाने समुह हो। यिनमा थोरै पनि राजनीतिक संस्कार छैन् भन्ने कुरा घटनाक्रमले साबित गरिसकेको छ। यीनीहरुका लागि ओली नै राम हुन् र प्रतिगमन पनि रामराज्य नै हो ।

मध्यस्थताको भुमिका लिएर आफ्नै मोलमोलाइ गरिरहेका नेताको प्रवृत्ति पनि ओलि प्रवृत्तिको नयाँ भेरियन्ट हो । यस्तोमा राजनीतिको शुद्धीकरणका लागि देखिने रामकुमारी झाँक्रीहरु फार बेटर हुन् । दोस्रो धार भनिएका त प्रतिगमनको रामराज्यका मतियार मात्रै हुन् । दस भाइले ओलि सुध्रिनु भयो भनेर सर्टिफिकेट जारी गरिसकेको भए पनि केपी ओलिका पछिल्ला दुई टेलिभिजन अन्तर्वार्ताले जनताले जानिसकेकी केपी बा प्रवृत्ति सुध्रिनेवाला छैन ।

प्रतिक्रिया