प्रभुराम शर्मालाई प्रधान सेनापति नियुक्त गर्न सरकारको सिफारिस, अहिले कायममुकायम छन्


काठमाडौं– सरकारले प्रधान सेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।

विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका अबका नेतृत्वका रुपमा शर्मालाई नियुक्त गर्न सिफारिस गरेको हो। प्रधान सेनापति पूर्णचन्द्र थापा अवकाशअघिको एक महिने विदामा छन्। शर्मा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापति छन्।

२४ भदौबाट शर्माले नेपाली सेनाको नेतृत्व दुई बर्षका लागि सम्हाल्नेछन्।

प्रतिक्रिया