‘फिल्मी सफर’मा मेहनत नभई कसैको पनि यात्रा दिगो हुँदैन


समाज विविधीकरणले भरिएको छ भने त्यहाँको संस्कृति र अन्य बिषयमा पनि बिबिधता देखिन्छ । यसरी हेर्दा भारतीय समाज विविधताको भण्डार हो । समाजको विविधता त्यहाँ बन्ने सिनेमामा पनि देखिन्छ । सिनेमाको यहि ब्यापकताले केही यस्ता कलाकार भारतीय सिनेमामा सफल भएका छन् जुन खास खालको अभिनयका लागि स्मरणीय छन् । केके मेनन एक त्यस्तै उम्दा कलाकारको नाम हो।

के के मेननको जन्म अक्टोबर,२, १९६६ मा केरलामा भएको थियो। जन्मस्थल केरला भएपनि यिनको हुर्काइ पुणेको अम्बरनाथ भन्ने स्थानमा भयो। सेन्ट जोसेफ हाइस्कुल बाट यिनले प्रारम्भिक शिक्षा शुरु गरेका थिए । फिजिक्समा स्नातक गरेका के के ले पछि एम बि ए पनि गरे। बिज्ञापनको बजारमा काम गर्ने इच्छाका कारण नै आफुले एम बि ए गरेको यिनले एक अन्तर्वार्तामा बताएका छन् । नौ कक्षा पढ्दा पहिलो पटक थिएटर अनुभव गरेका केके यसप्रति आकर्षित भने एड फिल्महरुमा काम गर्न थालेपछि मात्र भए ।

काइनेटिक हण्डा,मार्लोब्रो चुरोट आदिको एड फिल्म गर्दै गर्दा यिनलाई पनि अभिनयको रुचि जाग्यो र उनले मुम्बईको थिएटर ज्वाइन गरे । पहिलोपटक यिनलाई नाटकमा मौका फिरोज अब्बास खानले दिए। नाटकको नाम थियो महात्मा भर्सेस गान्धी, यो नाटकमा नसरुद्दिन शाहको पनि अभिनय रहेको थियो । यिनले आफ्नो अभिनयको शुरुवातमा जेब्रा २ र द लास्ट ट्रेन टु महाकाली नामक सिरियलमा काम गरेका थिए । टेलिभिजनमा यिनको पहिलो प्रशंसित काम जीटिवि बाट प्रसारण हुने सिरियल प्रधानमन्त्री थियो, जसको निर्देशन गरेका थिए निर्देशक केतन मेहताले ।

ठुलो पर्दामा यिनको पहिलो फिल्म १९९५ मा आएको नसिम थियो। चर्चित र निकै सम्मानित निर्देशक सइद मिर्जाको निर्देशनमा बनेको फिल्म नसिम बाबरी मस्जिदको कथामा आधारित छ जसमा उनी मुस्लिम अतिवादीको रोलमा छन् ।

बलिउडमा अक्सर चलिरह्ने आउड्साइडर र इन्साइडरको बहसमा यिनी पर्न चाहंदैन्। यिनी भन्छन् जो जहाँ बाट आएपनी यो फिल्मी सफरमा मेहनत नभई कसैको पनि यात्रा दिगो हुनेवाला छैन। ग्ल्यामर क्षेत्र धेरै देखावटी दुनियाँ पनि हो ।अक्सर यहाँ सहानुभूतिको कार्ड पनि देखाइन्छ ।

त्यसपछि यिनले भोपाल एक्स्प्रेसमा पनि काम गरेका थिए । तर फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन् त्यसैले यिनै कतै नोटिस भएनन् । सन् २००० को शुरूवातमा यिनलाई अनुराग कश्यपले आफ्नो निर्देशनको डेब्यु फिल्म पाँचमा लिड भुमिका दिएका थिए, तर यो फिल्म लामो समय सेन्सरको झमेलामा पर्यो । त्यसैपछी उनले अभिनय गरेका दुई महत्वपूर्ण फिल्म हजारौं ख्वायिशें एसि र ब्ल्याक फ्राइडे पनि समयमा रिलिज हुन सकेनन् ।

यसपछी यिनले दिवार र सिलसिले नामक ब्यवसायिक फिल्ममा काम गरे तर यी दुवै सिनेमाले पनि बक्स अफिसमा पानी पनि पाएनन् । सहि समयमा सहि फिल्मको पर्खाइमा रहेका केके को समय २००५ मा आइपुग्यो फिल्म सरकार मार्फत । निर्देशक रामगोपाल बर्माको महत्वकाक्षी सिनेमा सरकारमा बिग स्टारकास्टको समुहमा केके अट्न सक्नु नै ठूलो उपल्बधी थियो । अमिताभ बच्चनको जेठो छोरा बिष्णुको रोलले के के मेननलाई दर्शक माझ राम्रो परिचय दिलायो ।

विभिन्न अन्तर्वार्तामा यिनले भनेका छन् यो फिल्म पछि मैले कतैपनि परिचय दिनुपरेन। यो फिल्मको रोलका लागि उनले फिल्मफेयर अवार्डमा भिलेन क्याटगरिमा नोमिनेशन पाएका थिए । सरकारको यिनको परफर्मेन्स बारे द ट्रीब्युनमा साइवल चटर्जीले लेखे नेचुरल एक्टर फर बलिउड।

सरकार पछि यिनले अनुराग बसुको लाइफ इन अ मेट्रोमा काम गरे। सौर्यमा यिनले निभाएको बिग्रेडर सुर्यप्रताप सिंहको रोल पनि एउटा यादगार रोल बन्यो। त्यस्तै फिल्म गुलालमा यिनले दुक्कुी बाना नामक भूमिकालाई पनि समिक्षकहरुले निकै प्रशंसा गरेका थिए। विशाल भारद्वाजको फिल्म हैदरमा यिनले खेलेको खुररम्म मिरको रोलका लागि यिनले फिल्मफियरको सपोर्टिङ रोलको अवार्ड जिते। सन् २०२० मा आएको बेभ सिरिज स्पेशल उप्समा यिन्ले खेलेको हिम्मत सिहको रोललाई समिक्षकका साथै दर्शकले पनि निकै रुचाए । त्यस्तै अर्का वेभसिरिज भोड्का डायरीज पनि हिट भयो। पात्रको भुमिका नभएर आफुले रियल लाइफ अभिनयलाई महत्व दिने के के बताउछन्। उनी भन्छन् म पात्रको होइन त्यो नाम भएको मान्छेको अभिनय गरिरहेको हुन्छु।

स्पोर्ट्समा रुचि राख्ने यी कलाकारलाई क्लेश पनि घमण्ड छैन ।सइद मिर्जा देखि सुधीर मिश्र अनि विशाल भारद्वाज देखि  निरज पाण्डेसम्मका लगभग बलिउडका सबै अब्बल निर्देशक संग यिनले काम गर्ने मौका पाएका छन्। यो सब उपल्बधीलाई यिनी केवल एक संयोग मान्छन् । केके मेनन धेरै कुरामा स्पष्ट छन् ।

बलिउडमा अक्सर चलिरह्ने आउड्साइडर र इन्साइडरको बहसमा यिनी पर्न चाहंदैन्। यिनी भन्छन् जो जहाँ बाट आएपनी यो फिल्मी सफरमा मेहनत नभई कसैको पनि यात्रा दिगो हुनेवाला छैन। ग्ल्यामर क्षेत्र धेरै देखावटी दुनियाँ पनि हो ।अक्सर यहाँ सहानुभूतिको कार्ड पनि देखाइन्छ ।आफ्नो संघर्षलाई पनि कतिपय कलाकार ग्लोरिफाई गर्न  बार बार मग्न हुन्छ । एक्टर केके यो बिषयमा पनि प्रष्ट छन् ।उनी भन्छन् सबैले आफ्नो खालको संघर्ष पक्कै गरेका हुन्छन् ।मुम्बईको रेलवे प्लेटफर्ममा मैले रात गुजारीन भन्दैमा मैले संघर्ष नै गरिन् भन्न मिल्छ होला र?

आफ्नो अब्बल क्षमताका कारण बलिउडमा स्थापित भएका यी एक्टर सिनेमालाई कामको एक हिस्सा मात्र मान्दछ्न।कुनै फिल्मी पार्टीमा उपस्थित नजनाउने केके भन्छन् यदि मैले मेरो हिस्साको काम इमानदार पुर्वक गरेको छु भने मैले मौका पक्कै पाउछु हैन भने अरु विधि अपनाएर फिल्म मिल्ने कुरामा मलाई पटक्कै बिश्वास छैन। पूरा नाम कृष्ण कुमार मेनेन भएका यी कलाकार केके नामबाटै चर्चित छन् ।

प्रतिक्रिया