

माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा

काठमाडौं – नेकपा एमालेको माधव–झलनाथ समूहका तीन प्रभावशाली नेता अर्थमन्त्री विष्णु पौडेलसँग संवादमा जुटेका छन्। पौडेलसँग घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले वार्ता गरेका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बस्न लागेका बेला सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा चारजना नेता बीच छलफल चलिरहेको छ।
सांसद पदबाट राजीनामा नदिने पक्षका उभिएका माधव–झलनाथ समूहका यी ३ नेताले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुलाई भेट्दै पार्टी एकता जोगाउन आग्रह गर्दै आएका छन्।
यी ीन नेताहरु राजीनामाको विपक्षमा उभिएपछि सिंहदरबारमा बसेको माधव पक्षको बैठकले संसदमा अनुपस्थित हुने तर राजीनामा नदिने निर्णय गरेको थियो। त्यसपछि लगत्तै तीन नेताहरुले पौडेलसँग वार्ता गरेको हो।
यो पनि पढ्नुहोस्…
माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

