
GenZ लाई पार्टीमा जोड्न अब कांग्रेसमा बनाऔं यस्तो संरचना
नेपालको राजनीतिक धरातल अहिले नयाँ विचार, नयाँ पुस्ता र नयाँ शैलिको तुफानमा छ – यसको नाम हो Gen Z Movement।
यो आन्दोलनले परम्परागत दलहरूको जरा सम्म हल्लाइदिएको छ। विशेष गरी, नेपाली कांग्रेस, जसले लोकतन्त्रको बीउ रोपेको इतिहास बोकेको छ, अहिले आफैंलाई पुनर्जन्म दिने ऐतिहासिक अवसर र चुनौतीको दोभानमा उभिएको छ।
अब प्रश्न के हो भने—
कांग्रेसले कस्तो संरचना बनाओस् जसले Gen Z लाई पार्टीमा जोड्न बाध्य बनाओस्,
र जुन संरचना वैश्विक स्तरमा पनि राजनीतिक रूपान्तरणको उत्कृष्ट मोडेल साबित होस्?
१. संगठनात्मक पुनर्निर्माण: तलदेखि माथिसम्म नयाँ ढाँचा
कांग्रेसको अहिलेको संरचना पछिल्ला शताब्दीको ढाँचामा आधारित छ- उमेर, अनुभव र निष्ठाको मापनले चल्ने।
तर अब संसार प्रभाव, विचार र नवप्रवर्तनमा चल्छ। त्यसैले कांग्रेसले संरचनात्मक सुधार यसरी गर्नुपर्छ:
वडा तहः “स्थानीय थिंक ट्यांक” मोडेल:- प्रत्येक वडामा ५ सदस्यीय Youth Policy Cell गठन गर्नुपर्छ — जसमा कम्तीमा ३ जना ३० वर्ष मुनिका युवाहरू रहने।
यो समूहले वडा स्तरमै नीति निर्माणको सुझाव दिने, डिजिटल अभियान चलाउने र स्थानीय जनगुनासोको तत्काल प्रतिक्रिया दिने भूमिका खेल्ने।
उदाहरण: जर्मनीको Social Democratic Party (SPD) ले २०१८ देखि यही मोडेल अपनाएको हो :- जसले युवालाई पार्टीको नीति निर्माणमा प्रत्यक्ष सहभागी बनायो।
नगरपालिका तहः “Innovation Hub”
नगर तहमा Congress Innovation Hub स्थापना गरिनुपर्छ:- यसमा राजनीतिक, सामाजिक र टेक्नोलोजी क्षेत्रका युवालाई समेटी, स्थानीय शासनमा data-driven decision ल्याउने अभ्यास गरियोस्।
क्यानडाको Liberal Party ले Trudeau युगमा यस्तो हब बनाएर युवालाई डिजिटल शासनको नेतृत्वमा उभ्याएको थियो।
जिल्ला र प्रदेश तहः “Leadership Incubator”
हरेक जिल्लामा Leadership Incubator Program सञ्चालन हुनुपर्छ — जसले १८ देखि ३० वर्षका युवालाई ६ महिनाको राजनीतिक प्रशिक्षण दिन्छ।
प्रशिक्षणको अन्त्यमा उनीहरूलाई party decision process मा सहभागी गराइन्छ।
जस्तो:- भारतको कांग्रेसले “Young India Fellowship” बाट यही मोडेल प्रयोग गरी युवालाई पार्टीमा पुनः आर्कषण गरेको थियो।
केन्द्र तहः “Open Secretariat System”
केन्द्रमा dual structure ल्याइनुपर्छ — जहाँ परम्परागत नेतृत्वसँगै युवा डिजिटल नीति इकाइ समान अधिकारका साथ बसेर निर्णय गर्छ। पार्टीको नीति, एजेन्डा र सञ्चार रणनीति एउटै joint council ले तय गरोस्।
उदाहरणको रूपमा फ्रान्सको En Marche! ले यही प्रणाली अपनाएर २०१७ मा नयाँ पुस्तालाई मुख्यधारमा ल्यायो, जसले Macron लाई सत्तामा पुर्यायो।
२. विचार र कार्यशैलीमा रूपान्तरण : “Tradition with Transition”
कांग्रेसको शक्ति यसको इतिहास हो, तर कमजोरी पनि यही इतिहास हो- किनभने इतिहासमा बाँधिएर भविष्य हराइरहेको छ।
अब पार्टीले अपनाउनुपर्ने मूल मन्त्र हुनुपर्छ,
“परम्परा बचाएर परिवर्तनको बाटो”।
नयाँ विचारको खुला मञ्च
प्रत्येक ३ महिनामा Congress Ideathon आयोजना गर्नुपर्छ — जहाँ युवाहरूले नीति, शासन, शिक्षा, रोजगारी, र सूचना प्रविधिका नयाँ विचार प्रस्तुत गर्न पाउँछन्। त्यो विचार पार्टीको नीति मस्यौदामा समावेश हुनुपर्छ।
डिजिटल लोकतन्त्रको अभ्यास
Gen Z लाई विश्वास दिलाउन पार्टीले Digital Congress Portal सञ्चालन गर्नुपर्छ — जहाँ सदस्यहरूले प्रत्यक्ष मत दिन सक्छन्, नीतिमा प्रतिक्रिया दिन सक्छन् र नेतृत्व चयनमा भाग लिन सक्छन्।
एस्टोनियामा यस्तो प्रणालीले नागरिक र पार्टीबीचको सम्बन्ध डिजिटल युगमा पुनः परिभाषित गरेको छ।
३. संगठन होइन, आन्दोलनको पुनरुत्थान
कांग्रेसले अब केवल पार्टी होइन, आन्दोलनको आत्मा पुनः जीवित गर्नुपर्छ। Gen Z लाई पार्टीमा जोड्ने माध्यम “सदस्यता अभियान” होइन, भावनात्मक आन्दोलन हुनुपर्छ- र त्यसको नारा यस्तो हुन सक्छः
“हामी लोकतन्त्रका उत्तराधिकारी, भविष्यका निर्माता।”
यो नारा केवल घोषणापत्र होइन- एक पुस्ताबाट अर्को पुस्तामा लोकतन्त्रको मशाल हस्तान्तरण गर्ने सम्झौता हो।



रोशनराज पाण्डेय |
