
लगातार अवरोधपछि आजका लागि संसद् बैठक स्थगित, प्रधानमन्त्रीको सम्बोधन भोलि हुने
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते प्रतिनिधिसभामा उपस्थित भई नीति तथा कार्यक्रममाथि जवाफ दिने भएका छन्।
सभामुखले प्रधानमन्त्री शाह ३१ गते सदनमा उपस्थित भएर नीति तथा कार्यक्रममाथि जवाफ दिने जानकारी गराएपछि मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।
तेस्रो पटक सञ्चालनको प्रयास भए पनि बैठक सुरु हुनासाथ विपक्षी दलले अवरोध जारी राखेपछि संसद् अघि बढ्न नसकेको हो। लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका थिए।
सभामुखले आगामी बैठकमा प्रधानमन्त्री शाह स्वयं उपस्थित हुने र नीति तथा कार्यक्रममाथि जवाफ दिने जानकारी सदनलाई गराएका छन्।



कागजपत्र |
