‘चर्चित’ प्रहरी अधिकृतको ‘गुमनाम’ अवकाश !
३० वर्षसम्म संगठनले उनलाई जिम्मेवारी दियो, कति पूरा गरे कति गरेनन् त्यसको मूल्यांकन संगठन एवं स्वयं आफूले गरेका होलान् । आज साउन २० बाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बाट अनिवार्य अवकाश पाइरहँदा न संगठनले उनीप्रति कुनै बिदाईको कार्यक्रम राख्यो न उनले अपेक्षा नै राखेका होलान् ।
सेवाअवधि रहँदाखेरि सर्वाधिक चर्चामा रहेता पनि संगठनको नेतृत्वको नजिक पुगेर गुमनाम अवकाश लिएका पहिलो एआईजी बन्दैछन्–विश्वराज पोखरेल ।
उनले एआईजीको ५६ वर्षे उमेर हदका कारण उनी बिहीबार रातिदेखि अनिवार्य अवकाश पाएका हुन् ।
गत वैशाख १७ गतेको मन्त्रीपरिषद्को निर्णयबाट संगठनको नेतृत्व धिरजप्रताप सिंहले पाएपछि असन्तुष्ट बनेका पोखरेल सेवाअवधिको अन्तिम समयमा चर्चासँगै गुमनाम रहे । असन्तुष्टीको पोको खोल्ने स्थलका रुपमा सर्वोच्च अदालतलाई प्रयोग गर्न खोजेका पोखरेललाई अन्ततः सर्वोच्चबाट आफूअनुकूलको नतिजा प्राप्त भएन । त्यसपछि उनले संगठनमा काम गर्नका लागि नफर्किने निधो गर्दै राजीनामा बुझाए । तर, संगठन उनीमाथि अन्तिममा ‘नरम’ बन्न सकेन, न त ‘कडा’ नै बन्यो । उनको राजीनामा कुनै प्रहरी अधिकारीको घर्रामा नै थन्कियो, साउन १९ सम्म । अनि मध्यरातदेखि त्यो राजीनामा नकाम सिद्ध भयो, पोखरेलको अनिवार्य अवकाशसँगै । यदि पोखरेलले दिएको दिन नै राजीनामा स्वीकृत भएको भए, उनले ‘बर्दि’ छाडेको केही साता भइसक्थ्यो, तर उनी अब बर्दिबिहीन भएको केही घन्टामात्र भएको छ, औपचारिक रुपमा । अनौपचारिक रुपमा त उनी गत वैशाख १८ गतेदेखि नै बर्दिबिहीन भएका हुन् ।
महानिरीक्षकमा आफ्नो बढुवा नभएको असन्तुष्टीलाई सर्वोच्चको ढोकामा बुझाएसँगै लामो बिदामा बसेका पोखरेलले बिदा सकिएपछि पनि बर्दि लगाउने चेष्टा वा साहस गरेनन् ।
असन्तुष्टीको पोको खोल्ने स्थलका रुपमा सर्वोच्च अदालतलाई प्रयोग गर्न खोजेका पोखरेललाई अन्ततः सर्वोच्चबाट आफूअनुकूलको नतिजा प्राप्त भएन । त्यसपछि उनले संगठनमा काम गर्नका लागि नफर्किने निधो गर्दै राजीनामा बुझाए । तर, संगठन उनीमाथि अन्तिममा ‘नरम’ बन्न सकेन, उनको राजीनामा कुनै प्रहरी अधिकारीको घर्रामा नै थन्कियो, साउन १९ सम्म, अनि मध्यरातदेखि त्यो राजीनामा नकाम सिद्ध भयो, पोखरेलको अनिवार्य अवकाशसँगै । यदि पोखरेलले दिएको दिन नै राजीनामा स्वीकृत भएको भए, उनले ‘बर्दि’ छाडेको केही साता भइसक्थ्यो, तर उनी अब बर्दिबिहीन भएको केही घन्टामात्र भएको छ, औपचारिक रुपमा ।
सेवामा रहँदा पटक–पटक राजनीतिक पहुँचकै कारण संगठनको नेतृत्वको शिखर नजिक पुगेका पोखरेलको दाँतमा अन्तिममा समयमा आएर राजनीति नै ढुंगो बनेर आयो । यदि उनकै अनुकूलको राजनीतिक शक्ति सत्तामा हुन्थ्यो भने उनी पहिलेजस्तै ‘काबिल’ हुन्थे होलान् । तर, पक्ष उनी अनुकूल रहेन ।
सेवा अवधिका हिसाबले आगामी चैतसम्म समय भएपनि आफ्नै (एआईजी) उमेर हदका कारण पोखरेल छिटो अवकाश भएका हुन् । उनी २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना हुँदै संगठनको नेतृत्वको शिखरका लागि अन्तिम पाइलासम्म चाल्न सफल पोखरेलले ‘बज्रपात’ भोगे । शिखरसम्म पाइला त चाले तर सफल भएनन् टेक्नका लागि । एकल डिआईजी भएर नेतृत्व नजिक पुगेका पोखरेल अन्तिम समयमा आएर योग्यता र कार्यक्षमताको परिक्षामा चुके अर्थात् प्रतिस्पर्धीभन्दा कमजोर सावित भए ।
जागिरको उत्तरार्धमा आएर स्थानीय निर्वाचन जस्तो विषम परिस्थितिबाट टाढा रहँदै कर्तव्यविमुख बनेका पोखरेललाई उनकै योग्य र क्षमतावान प्रतिस्पर्धी धिरजप्रताप सिंहले कारबाहीको दायरामा ल्याएनन् । बिना स्वीकृति कार्यालय उपस्थित नहुँदा संगठनले कारबाहीको लागि कुनै प्रक्रिया अगाडि बढाएनन्, त्यो पोखरेलका लागि धिरजको ‘सदासयता’ मात्र नभई आवश्यकता पनि थियो । यदि सिंहले पोखरेलप्रति वैमनष्यता नै राखेको भए अन्तिम समयमा आएर कारबाहीको ‘ट्याग’ भिराइदिन सक्ने थिए, तर त्यसप्रति उनी आकर्षित भएनन्, यस्तै शैलीले कार्यसम्पादनका योग्य र क्षमतावान् ठहरिएका होलान् सिंह । त्यसको नमूना आफ्नै प्रतिवादीलाई समेत प्रस्तुत गरे ।
लामो समयसम्म संगठनको जिम्मेवार अधिकृतको रुपमा काम गरेर ३० औं वर्ष व्यतित गरेका अधिकारीलाई बिदाई गर्ने परम्परालाई थोरै भए पनि समेटेको भए धिरजप्रति अझै ‘रिसरागरहित’ रहेछन् भन्ने आभाष हुन्थ्यो होला, हुन त लामोसमयदेखि जिम्मेवारबिहीन बनेको र आफूविरुद्ध अदालतसम्म पुगेको व्यक्तिलाई स-सम्मान बिदाई गर्नु उनको कर्तव्य त पक्कै थिएन होला । त्यसैले पोखरेलले गुमनाम अवकाश पाए, करिब २ साता अघि दिएको राजीनामालाई कुनै अधिकारीको घर्रामै थन्क्याएर, केबल गुमनाम, अनि गुमनाम अवकाश !