
शेखर गाेल्छा पक्राउ
काठमाडौं – व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रि–इन्स्योरेन्स प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको जनाएको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार हिमालयन रि–इन्स्योरेन्सको शेयर खरिद तथा अनियमितता सम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष समेत रहेका गोल्छा उक्त रि–इन्स्योरेन्स कम्पनीका पूर्वअध्यक्ष हुन्।



कागजपत्र |
