‘मुलुकमा एमाले नामको अर्को राप्रपा थपियो’


काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मुलुकमा एमाले नामको अर्को राप्रपा थपिएको बताएकी छन्।

शनिवार चितवनको भरतपुरमा शुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले
चितवन महाधिवेशनपछि एमाले नामको अर्को राप्रपा थपिएको टिप्पणी गरेकी हुन्।

ईश्वर पोखरेल र कमल थापाहरुको स्वर मिल्नु केवल संयोग मात्र नभएको भन्दै चितवन अधिवेशनपछि एमालेमा पञ्चायत प्रेम बढ्दै गएको अध्यक्ष सिंहले बताइन्।

केहि दिनअघि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ‘राप्रपासँग कतिपय विषयहरुमा सहकार्य गर्न सकिने भनि दिएको अभिव्यक्तिप्रति प्रतिकृया दिँदै उनले पोखरेल र थापाहरुको स्वर मिल्नु संयोग मात्र नभएको बताइन्।

प्रतिक्रिया