प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको पक्षमा सांसद हर्क साम्पाङ


काठमाडौं-  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलसँगको छलफलका क्रममा उनले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। कार्यदलको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहले गरिरहेका छन्।

साम्पाङले निर्वाचित कार्यकारी प्रमुखले आफ्ना विश्वासपात्र तथा योग्य व्यक्तिहरू समावेश गरी मन्त्रिपरिषद् गठन गर्नुपर्ने सुझाव पनि दिएका छन्। तर, मन्त्रिपरिषद् गठन गर्दा सबै जातजाति, समुदाय र लैंगिक समूहको समान प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा उनले जोड दिएका छन्।

उनका अनुसार राज्यका सबै अंग, राजनीतिक पददेखि लिएर सेना, प्रहरी तथा प्रशासनिक संरचनासम्म सबै जातजाति र समुदायका नागरिकहरूको समान सहभागिता सुनिश्चित गर्नुपर्नेछ।

“राज्यका सबै अंगमा सबै जातजातिका नागरिकलाई सहभागी गराउनुपर्छ,” साम्पाङको प्रस्तावमा उल्लेख छ।

harka-sampang-prastab1-1776925208.jpg

प्रतिक्रिया