भीरबाट लडेर ७ बर्षीया बालिकाले गुमाइन् ज्यान


बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो ।

विक आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा आज दिउँसो ३ः०० बजेतिर लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

भिरबाट लडेकी विकको घटनास्थलमा नै मृत्यु भएको हो । विक करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया