कोरोना लागे बाँचिन्छ, अस्पताल पुगे मरिन्छ !


काठमाडौं– ‘अस्पतालको आइसोलेशनमा खानाका कुरा छाड्नुस् सिटामोल पनि पाइँदैन’ कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका एक आफन्त भन्छन्,‘डाक्टर उपचारका निम्ति राउन्डमा जानु परै जाओस्, बिरामीको नजिक पनि पुग्दैनन् ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ०१९ को अन्तिममा पुष्टि गरेको नयाँ कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या उल्लेख्य होइन, अनुपातका हिसाबमा विश्वभर । तर लापरवाही, असुरक्षा, अकर्मण्यता र मानवताहिन बन्दै  गरेको स्वास्थ्य क्षेत्रको कमजोरीको परिणाम बन्न थालेको छ, मृत्यु ।

अन्य रोग लागेका मानिसमाथि कोरोना भाइरसको संक्रमण भएपछि खतरा हुने तर स्वस्थ्यलाई उतिसाह्रो गाह्रो नपार्ने भए पनि विश्वभर फैलाइएको संत्रासका कारण नेपालमा पनि सर्वसाधारणले ज्यान गुमाउने अवस्थाले व्यापकता पाएको छ । यसमा लापरवाही नै मुख्य कारण रहेका कतिपय प्रमाण नजीरका रुपमा स्थापित भइसकेका छन् ।

अदालतसम्म पुगेका रिट र आदेशले पनि यसलाई पुष्टि गरिसकेको छ भने कतिपय अस्पतालमा रहेका बिरामीका चित्कारले पनि उपर्युक्त विषयबस्तुलाई साबित गरेको छ ।

बिराटनगरमा कोराना संक्रमणका कारण नै मृत्यु भएका सीताराम दाहालकी छोरी निलिमाले उपचारका क्रममा अस्पतालको लापरवाही, रेखदेखमा ध्यान नदिनु, खानाको उचित व्यवस्थापन गर्ने परिवारका सदस्यलाई सहयोगका लागि जान नदिनू गैरजिम्मेवारी भएको भन्दै रिट हालिन् । उक्त रिटमाथि सुनुवाई गर्दै उच्च अदालत बिराटनगरले सम्बन्धित निकायलाई आदेश दियो– बिरामीको उचित रेखदेख गर्न दिनू, व्यवस्थापनमा कमजोरी नगर्नू ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नै रुघाखोकी भन्दा साधारण रहेको र मृत्युदर पनि कम भएको भनी व्याख्या गरेको कोभिड–१९ संक्रमित मर्नुको खास कारण सरकारको अकर्मण्यता र डाक्टरको लापरवाही नै रहेको उच्च अदालतको आदेशले कानुनी रुपमा नै पुष्टि गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नै रुघाखोकी भन्दा साधारण रहेको व्याख्या गरेको कोभिड–१९ संक्रमित मर्नुको खास कारण सरकारको अकर्मण्यता र डाक्टरको लापरवाही पुष्टि

‘मानिसका शरिरमा विविध प्रकारका अनेकौं भाइरसहरू हुन्छन् । त्यसबाट त्रसित हुनुपर्ने होइन तर मेडिकल माफिया र फार्मेसीवालाको ठूलो प्रायोजित खेलका कारण कोरोनालाई महामारी होइन, आतंक बनाइयो’, विविध दस्ताबेजबारे अध्ययन गरेका जागृत रायमाझीले भनेका छन्,‘मास्क, सेनिटाइजर, औषधि व्यापारीको खेलमा विश्व स्वास्थ्य संगठन प्रयोग भएको प्रष्ट देखिन्छ ।’

जुनसुकै रोगबाट मानिसको मृत्यु भए पनि उसमा अनिवार्य कोरोना संक्रमणको परिक्षण गराउनुपर्ने निर्देशनसहित डब्ल्युएचओले विश्वभर सर्कुलर जारी गरेको थियो । यसै हिसाबमा नेपालमा पनि सबैमा सोही प्रक्रियामा अघि बढाइयो । ‘मानिसमा कोरोना संक्रमण हुन्छ भन्ने हौवा र हल्ला चलाएपछि डाक्टरदेखि अनेक मानिस त्रसित हुन थाले, जसरी पनि सर्छ भनेपछि रोगीले उचित उपचार पाउने अवसर नै भएन । अन्ततः उसले मृत्युको विकल्पमा जानै नसक्ने अवस्था भयो’, रायमाझीले थपेका छन् ।

नेपालको सबैभन्दा पुरानो अस्पताल बीरमा कोरोना संक्रमित भई उपचारका लागि रहेकी एक जना स्वास्थ्यकर्मीको बयानले त कति लापरवाही भएको छ भन्ने प्रष्ट खुलाउँछ । कार्डियोलोजी वार्डको आइसोलेशनमा रहेका स्वास्थ्यकर्मीको यो बयान सतहमा आएपछि अन्य अस्पतालमा पनि कस्तो अवस्था रहेछ भन्ने प्रष्ट खुलाउँछ ।

कारुणिक पीडा साटेका एक जना भन्छन्,‘मेरा कारण छोराछोरीमा पनि संक्रमण भएको छ । उनीहरू कहाँ कसरी बसेका छन् भन्ने पनि जानकारीमा छैन । चिन्ता लागेको छ । अस्पतालमा डाक्टर आउँदैनन्, खाना राम्रो दिँदैनन् । रोग प्रतिरोधात्मक शक्तिका लागि पोसिलो खानेकुरा अनिवार्य हुन्छ ।’

कोभिड–१९ का कारण मानिसको मृत्यु हुन्छ भन्ने प्रचारबाजी र विविध प्रकारका सामाजिक सञ्जालका अतिरञ्जित तस्बिर र भिडिओका कारण कोरोना संक्रमण भई हालेको खण्डमा मानिस समाजमा बस्न सक्ने वातावरण पनि छैन ।

अझ नेपाली समाज अचेत भएका कारण कोरोना संक्रमण भएको पत्ता लाग्नासाथ उसलाई घरमा बस्न होइन, समाजबाटै निकाल्नुपर्छ भन्न मत बलियो हुने गरेको छ ।

सामाजिक दूरी, स्वास्थ्य सुरक्षाका उपायका चर्चा नगरी नकारात्मक व्यवाहारमा उद्वेलित गर्नेगरी विश्व स्वास्थ्य संगठनको प्रचारले आतंकित बनाएको पीडितहरूको गुनासो छ ।

कतिपय देशले त यहि कारण पनि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिदेखि उपस्थितिलाई नै खारेज गरेका छन् । कम्तिमा विश्वका ४५ देशले कोरोना महामारीमा पनि जनतालाई सुरक्षित राख्न सक्नुको कारण हौवा र हल्लाका पछि नलागी विश्व स्वास्थ्य संगठनलाई लेखट्नु रहेको कतिपयको बुझाई हुने गरेको छ ।

‘यो एउटा भाइरस हो तर जसरी आतंकित बनाउने कोशिश गरिएको छ यसले समाज र मुलुककै चित्र अमानवीयताको कसीमा पुग्न थाल्यो’, जानकारहरू भन्छन्,‘अब त कोरोना लागे बाँचे पनि अस्पताल पुगे मरिन्छ भन्ने मान्यता स्थापित भइसक्यो ।’

प्रतिक्रिया