प्रकाशमान भन्छन्– सरकारले चीनसँग आफ्नो भूमी दाबी गर्न सकेन


काठमाडौं– चीनले अतिक्रमण गरेको आफ्नो भूमी सरकारले दाबी गर्न नसकेको आरोप नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन् ।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनको बचाउ गर्नु अपरिपक्व र गैरजिम्मेवार भएको सिंहले बताए ।

नागार्जुन नगरपालिकाले सिउचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको शनिबार उदघाटनका क्रममा उनले यस्तो बताएका हुन् । सरकारले ठूला भ्रष्टाचार प्रकरणलाई संरक्षण गरेको समेत आरोप लगाए ।

प्रतिक्रिया