

कोभिडका कारण सर्यो ग्रामी अवार्ड

लसएन्जल्स(एजेन्सी)– कोरोना भाइरसको मामला र त्यसले मृत्युको आँकडा बढाउदै गएपछि सन् २०२१ को ग्रामी पुरस्कार यो महिनाको सट्टा मार्चमा लसएन्जल्समा हुने भएको छ । रेकर्डिङ एकेडेमीले मंगलबार वार्षिक कार्यक्रम ३१ जनवरीको सट्टा मार्चको अन्त्यमा आयोजना गर्ने जानकारी दिएको हो ।
ग्रामी पुरस्कार लसएन्जल्सको स्टेपल्स सेन्टरमा आयोजना गरिनेछ । क्यालिफोर्नियाको लसएन्जल्स काउन्टीमा भाइरसको सर्वाधिक मामला देखिएको छ । जहाँ कोभिड–१९को १० हजार भन्दा अधिक मामला बाहिर आएको छ र क्यालिफोर्नियामा भाइरसबाट भएको मृत्युको ४० प्रतिशत मामला लसएन्जल्समा छ ।
यहीकारण पनि ठूला ठूला कार्यक्रम कि त रोकिएको छ कि त सारिएको छ । ग्रामी अवार्डलाई ग्रामोफोन अवार्ड पनि भनिन्छ । विश्वको प्रतिष्ठित यो अवार्डमा यो अवार्डलाई पनि लिइन्छ । संगीत विद्याका स्रष्टालाई यो अवार्ड दिइन्छ ।

