सारिकाले ल्याइन् जुन दिन तिमीले


काठमाडौं गायिका तथा मोडल सारिका घिमिरेको स्वर, संगीत र शब्दमा रहेको गीत जुन दिन तिमीलेसार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया