क्रोएसिया र स्पेन पठाइदिन्छु भन्दै ठगी, लिम्बु र भण्डारी पक्राउ


काठमाडौं- वैदेशिक रोजगारको प्रलोभनमा देखाएर  विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-५ घर भई काठमाडौं चावहिल बस्ने ५२ वर्षीय कुल बहादुर लिम्बु र झापा दमक नगरपालिका-५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौँडा बस्ने ३८ वर्षीय विजय भण्डारी रहेका छन् ।

कुलबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ५५ हजार रूपैयाँ ठगी गरेको र विजयले स्पेन पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५६ लाख रूपैयाँ ठगी गरेको खुलेकाे छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया