अखिलकी अध्यक्ष पञ्चासहित ५ जनाविरुद्ध मुद्दा नचल्ने


काठमाडौं- सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको छ ।

सिंहसहित ५ जनाविरुद्ध हत्या कसुरको मुद्दा नचल्ने सरकारी वकिलको कार्यालय सुर्खेतले निर्णय गरेको हाे । प्रमाणहरु नदेखिएपछि उनीहरूविरूद्ध मुद्दा नचल्ने निर्णय भएको बताइएकाे छ ।

सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध हत्याको आरोप लागेको थियो । उनीहरूमाथि २०६५ फागुन २६ कालिकोटका राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको आरोप लागेको थियो ।

सो घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत सुर्खेतले गत वर्ष सिंहसहित ६ जनालाई पक्राउ पुर्जी जारीसमेत गरेको थियो ।

प्रतिक्रिया