गाँजा बेच्न हिँडेका इन्द्रकुमारी र फूलमाया समातिए


पर्सा- प्रहरीले २ महिलालाई लागूऔषध गाँजासहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ की ४२ वर्षीया इन्द्रकुमारी चेपाङ र ४२ वर्षीया फुलमाया स्याङ्बो छन् ।

शनिबार नारायणगढ चितवनबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा जाँच गर्दा ती महिलाहरूको छेउमा राखिएको पिठ्युमा बोक्ने कालो रंङको २ वटा झोलाबाट उक्त लागूऔषध बरामद गरिएकाे हाे ।

उक्त झोलाभित्र हरियो प्लाष्टिकले बेरेर राखिएको १० किलो लागूऔषध गाँजा फेला परेको थियो ।

उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया