सिराहा र इलामका प्रहरी प्रमुख फेरिए, ३ महिनामै तानिए आचार्य


काठमाडौ – प्रहरी प्रधान कार्यालयले सिरहा र इलाम प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकालको काज सरुवा गरिएको छ ।

यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ । आचार्यलाई प्रहरी मुख्यालय फिर्ता बोलाइएको हो ।

यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा गरेको थियो । त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो ।

 

प्रतिक्रिया