सम्बन्ध विच्छेद गर्न गएका श्रीमानले अदालतभित्रै श्रीमती कुटे


गुल्मी- गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । सोमबार दिउँसो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–०३ का हर्दिनेटाका दिपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई निर्घात कुटपिट गरेका हुन् ।

उनीहरु दुवैजना सम्बन्ध विच्छेदको मुद्धाको पेशीको लागि जिल्ला अदालत आएका थिए । न्यायधिसले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो ।

कुटपिटबाट गम्भीर घाइते मनसुवालाई थप उपचारको लागि प्रवास रिफर गरिएको छ भने श्रीमती पिट्ने श्रीमान दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हर्दिनेटाका दिपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्रावेसीकी मनसुवाबीच ६ वर्ष पहिले विवाह भएको थियो । श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक बर्षदेखि माइतीमै बस्दै आएकी थिइन् ।

 

प्रतिक्रिया